काठमाडौँ, ११ असार । प्रधानमन्त्री सुशील कोइरालाले असार १० गते सम्पन्न ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ सफल भएको बताएका छन् ।
शुक्रवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भूकम्पपीडित नेपालीको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गर्न आएका टोली र सञ्चारकर्मीसामु उनले सो कुरा बताएका हुन् ।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले सम्मेलनमा कुन रुपमा सहभागिता हुन्छ र कसरी सम्पन्न हुन्छ भन्ने चासोका बीचमा आयोजित सम्मेलन अत्यन्त सफल भएको बताए । उनले सम्मेलनमा विभिन्न मुलुक र दातृ निकायहरुबाट उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता भएको बताउँदै सबैले यस्तो अकल्पनीय विपद्को घडीमा नेपाललाई सक्दो सहयोग गर्न आह्वान गरेर नेपालको विकास प्रयासलाई सार्थक तुल्याउन सहयोग गरेको उल्लेख गरे ।
प्रधानमन्त्री कोइरालाले दातृ सम्मेलनमा सहयोगको प्रतिबद्धता राम्रो आएकामा सन्तोष व्यक्त गर्दै पुनःनिर्माणको काम वर्षायाम सकिएपछि सुरु हुने बताए ।
उनले अब बन्ने बस्ती भौगर्भिक रुपमा सुरक्षित धरातलमा बसाउनुपर्ने, भवनहरु भूकम्प प्रतिरोधी हुनुपर्ने, सम्पूर्ण बस्ती, सडक, ढल, पानी, बिजुली, टेलिफोनजस्ता पूर्वाधारले सम्पन्न हुने गरी बनाइने पनि बताए ।
“हामीले ठूलो चुनौतीलार्ई सामना गरेका छौँ,” प्रधानमन्त्री कोइरालाले भने – “अब नयाँ आधुनिक र समृद्ध नेपालको निर्माण आरम्भ हुनेछ ।”
प्रधानमन्त्री कोइरालाले संविधान निर्माणको कार्य प्रक्रियामा गएको उल्लेख गर्दै संविधान छिट्टै आउने समेत बताए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा