
काठमाडाँैं, १० असार । युरोपेली आयोगले नेपालको भूकम्पपछिको पुनःनिर्माणका लागि रु ११ अर्ब ३० करोड (१०० मिलियन युरो)को अतिरिक्त सहयोग घोषणा गरेको छ । आयोगले शीघ्र पुनर्लाभका लागि आपत्कालीन उद्धार र मानवीय सहायताअन्तर्गत अलग्गै १२ मिलियन युरो खर्च गरिरहेको छ ।
बिहीबार यहाँ आयोजित ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन–१५’मा आफूले घोषणा गरेको सहयोगबारे जानकारी दिन यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोगका अन्तर्राष्ट्रिय सहयोग विकाससम्बन्धी निर्देशक नेभिन मिमिकाले राष्ट्रिय बजेटमा तत्काल सो रकम उपलब्ध हुने बताए ।
उनले भूकम्पपछि आयोगले मानवीय र भौतिक सहयोग गरेको स्मरण गराउँदै नयाँ सहयोगबाट ग्रामीण क्षेत्रका विपन्न महिला र बालबालिकाको पुनःनिर्माण सम्बन्धमा तथा उनीहरुको शिक्षा र कृषिका लागि सो रकम खर्च हुने जानकारी दिए ।
उनले सन् २०२० भित्र आफूहरुले गर्ने कुल ३६० मिलियन युरोअन्तर्गत सो सहयोग हुने पनि स्पष्ट पारे । आफ्नो सहयोगको खर्च प्रणाली र सरकारको पारदर्शिताका सम्बन्धमा सोधिएको जिज्ञासामा मिमिकाले सहयोग कार्यान्वयनका लागि ‘स्टेट बिल्डिङ’ सम्झौता गरिने र खर्चको सदुपयोग हुने विश्वास व्यक्त गरे ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा