
काठमाडाँैं, १० असार । युरोपेली आयोगले नेपालको भूकम्पपछिको पुनःनिर्माणका लागि रु ११ अर्ब ३० करोड (१०० मिलियन युरो)को अतिरिक्त सहयोग घोषणा गरेको छ । आयोगले शीघ्र पुनर्लाभका लागि आपत्कालीन उद्धार र मानवीय सहायताअन्तर्गत अलग्गै १२ मिलियन युरो खर्च गरिरहेको छ ।
बिहीबार यहाँ आयोजित ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन–१५’मा आफूले घोषणा गरेको सहयोगबारे जानकारी दिन यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोगका अन्तर्राष्ट्रिय सहयोग विकाससम्बन्धी निर्देशक नेभिन मिमिकाले राष्ट्रिय बजेटमा तत्काल सो रकम उपलब्ध हुने बताए ।
उनले भूकम्पपछि आयोगले मानवीय र भौतिक सहयोग गरेको स्मरण गराउँदै नयाँ सहयोगबाट ग्रामीण क्षेत्रका विपन्न महिला र बालबालिकाको पुनःनिर्माण सम्बन्धमा तथा उनीहरुको शिक्षा र कृषिका लागि सो रकम खर्च हुने जानकारी दिए ।
उनले सन् २०२० भित्र आफूहरुले गर्ने कुल ३६० मिलियन युरोअन्तर्गत सो सहयोग हुने पनि स्पष्ट पारे । आफ्नो सहयोगको खर्च प्रणाली र सरकारको पारदर्शिताका सम्बन्धमा सोधिएको जिज्ञासामा मिमिकाले सहयोग कार्यान्वयनका लागि ‘स्टेट बिल्डिङ’ सम्झौता गरिने र खर्चको सदुपयोग हुने विश्वास व्यक्त गरे ।
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल