लन्डन । क्याट्रिक ग्यारिसन, नर्थ योर्कसायरमा रहेका दुई सय गोर्खाहरु भूकम्प पीडितको सहयोगार्थ दौड्ने भएका छन् । आगामी ५ जुलाइका दिन उनीहरु सातौं मोरिसन्स् ग्रेट नर्थ टेन केमा भाग लिने भएका हुन् ।
नर्थ इष्टको सबैभन्दा वृहत मानिने उक्त दौड मोरिसन्स् ग्रेट नर्थ रनको सिस्टर इभेन्ट हो ।
गोर्खा कम्पनीका क्याप्टेन औतार श्रेष्ठले दौड भूकम्प पीडितहरुका लागि आर्थिक सहयोग जुटाउने प्रभावकारी माध्यम भएको बताए ।
‘यो गोर्खाहरुका लागि ठूलो अवसर हुनेछ’, श्रेष्ठले थपे, ‘दौडका अवसरमा हामीले नेपाली खाना र गोर्खा रेजिमेन्ट सामाग्री विक्री गरेर आर्थिक संकलन गर्ने सोचेका छौं ।’
दि ग्रेट रन कम्पनीका सञ्चार निर्देशक डेभिड हार्टले गोर्खाहरुलाई मोरिसन्स् ग्रेट नर्थ टेन के दौडमा चौंथो पटक स्वागत गर्न लागिएको जनाउंदै यो वर्ष चाहिं गोर्खाहरुको सहभागिता भूकम्प पीडितका लागि भएकाले विशेष हुने उल्लेख गरेका छन् ।
विनाशकारी भूकम्पपछि बेलायतबाट सेवारत गोर्खा, भूपू गोर्खा र विभिन्न संद्दसंस्थाले आर्थिक संकलन गरि नेपाल पठाइरहेका छन् । आज मंगलबार मात्र लन्डनस्थित नेपाली दूतावासले एक करोड रुपैयां प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा पठाएको छ । यसअघि दूतावासले दुई करोड नेपाल पठाइसकेको थियो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते