लन्डन । क्याट्रिक ग्यारिसन, नर्थ योर्कसायरमा रहेका दुई सय गोर्खाहरु भूकम्प पीडितको सहयोगार्थ दौड्ने भएका छन् । आगामी ५ जुलाइका दिन उनीहरु सातौं मोरिसन्स् ग्रेट नर्थ टेन केमा भाग लिने भएका हुन् ।
नर्थ इष्टको सबैभन्दा वृहत मानिने उक्त दौड मोरिसन्स् ग्रेट नर्थ रनको सिस्टर इभेन्ट हो ।
गोर्खा कम्पनीका क्याप्टेन औतार श्रेष्ठले दौड भूकम्प पीडितहरुका लागि आर्थिक सहयोग जुटाउने प्रभावकारी माध्यम भएको बताए ।
‘यो गोर्खाहरुका लागि ठूलो अवसर हुनेछ’, श्रेष्ठले थपे, ‘दौडका अवसरमा हामीले नेपाली खाना र गोर्खा रेजिमेन्ट सामाग्री विक्री गरेर आर्थिक संकलन गर्ने सोचेका छौं ।’
दि ग्रेट रन कम्पनीका सञ्चार निर्देशक डेभिड हार्टले गोर्खाहरुलाई मोरिसन्स् ग्रेट नर्थ टेन के दौडमा चौंथो पटक स्वागत गर्न लागिएको जनाउंदै यो वर्ष चाहिं गोर्खाहरुको सहभागिता भूकम्प पीडितका लागि भएकाले विशेष हुने उल्लेख गरेका छन् ।
विनाशकारी भूकम्पपछि बेलायतबाट सेवारत गोर्खा, भूपू गोर्खा र विभिन्न संद्दसंस्थाले आर्थिक संकलन गरि नेपाल पठाइरहेका छन् । आज मंगलबार मात्र लन्डनस्थित नेपाली दूतावासले एक करोड रुपैयां प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा पठाएको छ । यसअघि दूतावासले दुई करोड नेपाल पठाइसकेको थियो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार