लन्डन । उनीहरु न कुनै संस्थामा आवद्ध छन्, न लोकप्रियताको लोभ । उनीहरुमा केवल सीप थियो । त्यही सीपको सदुपयोग गर्दै संगीतकर्मीहरुले गत सप्ताहन्त लन्डनमा एउटा बेजोड सांस्कृतिक कार्यक्रम गरे भूकम्प पीडितका लागि । कन्सर्टको नाम थियो ‘प्याट्रोटिक नाइट’ । नामले नै प्रष्ट्याइसकेको छ, कार्यक्रम राष्ट्रिय भावनाले ओतप्रोत गीतमा मात्र समर्पित रहेको ।
गत आइतबार ह्यारो बरो फुटबल क्लव हलमा आयोजित कार्यक्रम भावुक लाग्थ्यो । स्टेजको बायांतिर ठूलो पर्दामा भूकम्पले तहसनहस मातृभूमि र मानिसहरुको रोदन गुन्जिरहेको थियो । गाउने बजाउनेहरु पनि तीन घण्टा लगातार त्यस्तै मन छुने धुन छरिरहेका थिए ।
बेलायतमा रहेर पनि व्यवसायिक संगीतकर्म गरिरहेको संगीतकर्मीहरुको एउटा समूहले त्यस सांझ २२ वटा गीत प्रस्तुत गर्यो । विपत्तिका बेला विश्वभर गाइने एउटा अंग्रेजी गीत ‘वी आर द वल्र्ड’ बाहेक बांकी नेपाली राष्ट्रिय गीत थिए ।
कार्यक्रमको शुरुमा मह क्याम्पमा मात्र अभिनय गर्ने वरिष्ठ अभिनेत्री सावित्री शर्माले शुभकामना मन्तव्य दिइन् । त्यस क्रममा उनले आफू अहिले बेलायत रहेपनि मातृभूमिको पीडाले छट्पटिएर सानै पहल किन नहोस्, कन्सर्टमा प्रत्यक्ष अप्रत्यक्ष सहभागी भएको बताउंदै बेलायतको नेपाली डायस्पोराको स्वदेशप्रतिको लगाव र सहयोग देखेर खुशी लागेको बताइन् । अनि मौनधारणपछि ननस्टप गीत संगीत गुन्जिए ।
म मरे पनि मेरो देश बांचिरहोस्, देशले रगत मागे मलाई बली चढाऊ, हे आमा नेपाल, मेरो टोपी, रातो र चन्द्र सूर्य, हर रात सपनीमा, गाउं गाउंबाट उठ जस्ता गीतका धुनमा भावुक नहुने जमात देखिएन ।
कार्यक्रम प्रस्तुत गर्ने समूहमा लिड भोकलिष्ट प्रमोद शर्मा, लिड एवं रिदम गितारिष्ट डम्बर सुब्बा, बेस गितारिष्ट संगीत कुशु, फिमेल भोकलिष्ट सिता वनेम, लिड गितारिष्ट आयुस कार्की, ड्रमर निकेश पुडासैनी र तबलामा उज्ववल श्रेष्ठ थिए ।
‘आफ्नो क्षमताले भ्याएसम्म देशका लागि केही गरौं भन्ने उद्देश्य हाम्रो थियो’, गायक प्रमोद शर्माले भने । कार्यक्रमको परिकल्पना र संयोजन गरेका हुन् आयुश कार्कीले ।
उक्त च्यारिटी सांझबाट करिब २५ सय पाउण्ड संकलन भएको जनाउंदै शर्माले प्रशासनिक खर्च कटाएर बांकी रकम धादिङमा क्षतिग्रस्त विद्यालय निर्माणमा पठाइने जनाएका छन् । कार्यक्रममा अतिथी ब्याण्ड मुक्ति एण्ड रिभाइलले पनि संगीत प्रस्तुत गरेको थियो ।
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?