कराची, ७ असार । पाकिस्तानको दक्षिणी भागमा गर्मीको लहर फैलँदा करिब २०० व्यक्तिको मृत्यु भएको जानकारी अधिकारीहरूले सोमबार दिएका छन् । सरकारले यसरी लू फैलिएपछि यो समस्या समाधान गर्न सेनालाई आग्रह गरेको छ । यस तातो हावाले कराची नगरलाई सबभन्दा बढी प्रभाव पारेको बताइएको छ ।
मुलुकको सबैभन्दा ठूलो नगर कराचीमा तापक्रम ४५ डिग्री सेल्सियस पुगेको छ भने यहाँ कम्तीमा १८० व्यक्तिको मृत्यु भएको छ । मुलुकको दक्षिणी भाग पञ्जाव प्रान्तमा थप ११ व्यक्तिको मृत्यु भएको छ ।
छिमेकी मुलुक भारतको इतिहासमा हालसम्मको दोस्रो सबैभन्दा घातक गर्मीको लहरका कारण एक महिना अगाडि दुई हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । त्यसपछि मृत्युको लहर पाकिस्तानमा देखिएको हो ।
सिन्ध प्रदेशमा सरकारका वरिष्ठ स्वास्थ्य अधिकारी डा. सबिर मेमनले मर्ने व्यक्तिको सङ्ख्या १८० पुगेको र साँझसम्म यो सङ्ख्या बढ्नसक्ने बताए । कराचीका पाँच अस्पतालमा एएफपीले लिएको तथ्याङ्क अनुसार मर्नेको सङ्ख्या २४९ पुगेको हुनसक्ने देखिएको छ । राष्ट्रिय विपत्ति व्यवस्थापनका प्रवक्ता अहमद कमलले सरकारले सैनिक तथा अर्धसैनिक बललाई राहत प्रयास गरिदिन आग्रह गरेको छ । यसमा नगरका विभिन्न भागमा लूको उपचारका केन्द्र स्थापना गर्ने कार्य पनि पर्छ ।
पाकिस्तानमा विद्युत आपूर्तिमा कटौती दैनिक जीवनको एक भाग भएको छ र यसका कारण पनि गर्मीबाट जोगिने प्रयास अझै कठिन बनेको छ । सिन्धको प्रान्तीय सरकारले सबै अस्पतालमा आपत्काल लगाएको छ । चिकित्सक, अन्य स्वास्थ्यकर्मचारीको बिदा रद्द गरिएको छ । अन्य स्वास्थ्यकर्मचारी तथा थप औषधिको व्यवस्था गरिएको छ । अन्य ११ व्यक्तिको मृत्यु सोमबार पञ्जाव प्रान्तको दक्षिणी भागमा भएको हो ।
मुल्तान नगरका एक स्वास्थ्य अधिकारीले पञ्जावको दक्षिणी भागमा लूसम्बन्धी रोगका कारण गत ४८ घण्टामा ११ व्यक्तिको मृत्यु भएको जानकारी दिए । चिकित्सकहरूले यीमध्ये प्रायःको मृत्यु लूका कारण भएको बताएका छन् ।
यो पाकिस्तानको सबैभन्दा गर्मी समय हो र शुक्रबार यहाँ दिउँसो खाना तथा पानी नखाने मुसलमान धार्मिक वर्तको महिना रमजान आरम्भ भएको छ । पाकिस्तान चिकित्सक सङ्घका पूर्व अध्यक्ष तथा वरिष्ठ चिकित्सक सेर साहले कराचीका गरिब जनता सबैभन्दा बढी जोखिममा परेको बताए ।
दुई करोड जनसङ्ख्यायुक्त कराचीमा विद्युतको कमीका कारण पानी आपूर्ति प्रणाली अवरुद्ध बनेको छ । सरकारद्वारा सञ्चालित पानीसम्बन्धी संस्थाले आफ्ना उपभोक्तालाई लाखौँ ग्यालन पानी उपलब्ध गराउन नसकेको जानकारी दिएको छ । पाकिस्तानको जलवायुसम्बन्धी कार्यालयले आइतबार कराचीमा तापक्रम ४३ डिग्री सेल्सियस र दक्षिणपश्चिमी तुर्बत नगरमा तापक्रम ४९ डिग्री सेल्सियस पुगेको जानकारी दिएको छ ।
आउँदो २४ घण्टामा तापक्रम अझै बढ्ने अनुमान गरिएको छ । यस साताको अन्त्यतिर आउने आँधीले मौसम चिसो बनाउनसक्ने अनुमान गरिएको छ । भारतको क्रूर गर्मीको लहरका कारण गत महिना कम्तीमा दुई हजार पाँच व्यक्तिको मृत्यु भएको थियो । यी मृत्यु प्रायः दक्षिणी राज्य आन्ध्रप्रदेश तथा तेलङ्गानामा भएको थियो ।
भारतमा प्रत्येक वर्ष गृष्मको तापक्रम बढ्दा धेरै गरिब जनताले ज्यान गुमाउने गर्छन् । यो वर्ष यस्तो मृत्यु इतिहासमा दोसो ठूलो सङ्ख्यामा भएको बताइएको छ ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक