लन्डन । लन्डनस्थित नेपाली दूतावासले आइसल्याण्डमा नेपाल पर्यटन प्रबर्धन कार्यक्रम गरेको छ । भूकम्पपछि दूतावासले पहिलोपटक यस खालको कार्यक्रम गर्दै नेपाल पर्यटकका लागि सुरक्षित रहेको सन्देश दिएको हो ।
राजधानी रेक्जाभिकस्थित फोस होटलमा आयोजित कार्यक्रममा कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले नेपालका करिब ८० प्रतिशत पर्यटकीय स्थल सुरक्षित रहेका र बन्द पुरातात्विक सम्पदाहरु खुलिसकेका जनाउंदै आइसल्याण्ड सरकारलाई पर्यटकहरु नेपाल पठाएर सहयोग गरिदिन आग्रह गरे । क्षेत्रीले वर्तमान राजनीतिक घट्नाक्रम र आसन्न दाता सम्मेलनबारे अवगत गराउंदै नेपालको पुनर्निर्माणमा सघाउन पनि अपिल गरेका थिए ।
उक्त अवसरमा मिनिष्टर अफ इण्डस्ट्री, कमर्श एण्ड टुरिजम रेग्नियोर इलिन आर्नाडोटिरले नेपालको पुनर्निर्माणमा सघाउनेबारे विदेश मन्त्रालयमा कुरा राख्ने आश्वासन दिएको कार्यवहाक राजदूत क्षेत्रीले जनाए । मन्त्री आर्नाडोटिरले आफ्नो देशपनि ज्वालामुखीबाट आक्रान्त भएको जनाउंदै देशले कसरी पर्यटन प्रबर्धन गरिरहेको छ भन्नेबारे अनुभव सुनाएकी थिइन् ।
कार्यक्रममा नेपाल घुमिसकेका आइसल्याण्डवासी ज्वालामुखीवीद अरि ट्राउष्टी गुइमुन्डसन, सन् १९९७ मा सगरमाथा चढ्ने पहिलो आइसल्याण्ड नागरिक हालग्रीमुर म्यागनुसन र अर्का पर्यटनवीद हेल्जी बेडिक्टसनले आफ्नो नेपाल अनुभव सुनाउंदै नेपालको प्राकृतिक सौन्दर्यताबारे वर्णन गरे । ति वक्ताहरुले अरुलाई पनि नेपाल भ्रमण गर्न प्रेरित गरेका थिए ।
करिब ७० जना सहभागी कार्यक्रममा स्थानीय कलाकारले नेपाली संस्कृति झल्कने विभिन्न नाचगान प्रस्तुत गरेका थिए । दूतावासले सगरमाथा आरोही, वक्ता र अन्य टुर अपरेटरहरुलाई प्रशंसापत्र समेत प्रदान गरेको छ । पर्यटन प्रबर्धन कार्यक्रममा दूतावास कर्मचारी, लन्डनका सफल व्यवसायी पशुपति भण्डारीसहित केही नेपालीको समेत उपस्थिति थियो ।
कार्यक्रम समापनपछि त्यहांका विदेशमन्त्रीले दूतावास पदाधिकारीलाई दिवाभोज आयोजना गरेका थिए ।
स्मरणरहोस्, आइसल्याण्डले आज बुधवार विशेष कार्यक्रमबीच स्वतन्त्रता दिवस मनाउंदै छ । आइसल्याण्डमा करिब तीनसय नेपाली रहेको अनुमान छ ।
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा