लन्डन । लन्डनस्थित नेपाली दूतावासले आइसल्याण्डमा नेपाल पर्यटन प्रबर्धन कार्यक्रम गरेको छ । भूकम्पपछि दूतावासले पहिलोपटक यस खालको कार्यक्रम गर्दै नेपाल पर्यटकका लागि सुरक्षित रहेको सन्देश दिएको हो ।
राजधानी रेक्जाभिकस्थित फोस होटलमा आयोजित कार्यक्रममा कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले नेपालका करिब ८० प्रतिशत पर्यटकीय स्थल सुरक्षित रहेका र बन्द पुरातात्विक सम्पदाहरु खुलिसकेका जनाउंदै आइसल्याण्ड सरकारलाई पर्यटकहरु नेपाल पठाएर सहयोग गरिदिन आग्रह गरे । क्षेत्रीले वर्तमान राजनीतिक घट्नाक्रम र आसन्न दाता सम्मेलनबारे अवगत गराउंदै नेपालको पुनर्निर्माणमा सघाउन पनि अपिल गरेका थिए ।
उक्त अवसरमा मिनिष्टर अफ इण्डस्ट्री, कमर्श एण्ड टुरिजम रेग्नियोर इलिन आर्नाडोटिरले नेपालको पुनर्निर्माणमा सघाउनेबारे विदेश मन्त्रालयमा कुरा राख्ने आश्वासन दिएको कार्यवहाक राजदूत क्षेत्रीले जनाए । मन्त्री आर्नाडोटिरले आफ्नो देशपनि ज्वालामुखीबाट आक्रान्त भएको जनाउंदै देशले कसरी पर्यटन प्रबर्धन गरिरहेको छ भन्नेबारे अनुभव सुनाएकी थिइन् ।
कार्यक्रममा नेपाल घुमिसकेका आइसल्याण्डवासी ज्वालामुखीवीद अरि ट्राउष्टी गुइमुन्डसन, सन् १९९७ मा सगरमाथा चढ्ने पहिलो आइसल्याण्ड नागरिक हालग्रीमुर म्यागनुसन र अर्का पर्यटनवीद हेल्जी बेडिक्टसनले आफ्नो नेपाल अनुभव सुनाउंदै नेपालको प्राकृतिक सौन्दर्यताबारे वर्णन गरे । ति वक्ताहरुले अरुलाई पनि नेपाल भ्रमण गर्न प्रेरित गरेका थिए ।
करिब ७० जना सहभागी कार्यक्रममा स्थानीय कलाकारले नेपाली संस्कृति झल्कने विभिन्न नाचगान प्रस्तुत गरेका थिए । दूतावासले सगरमाथा आरोही, वक्ता र अन्य टुर अपरेटरहरुलाई प्रशंसापत्र समेत प्रदान गरेको छ । पर्यटन प्रबर्धन कार्यक्रममा दूतावास कर्मचारी, लन्डनका सफल व्यवसायी पशुपति भण्डारीसहित केही नेपालीको समेत उपस्थिति थियो ।
कार्यक्रम समापनपछि त्यहांका विदेशमन्त्रीले दूतावास पदाधिकारीलाई दिवाभोज आयोजना गरेका थिए ।
स्मरणरहोस्, आइसल्याण्डले आज बुधवार विशेष कार्यक्रमबीच स्वतन्त्रता दिवस मनाउंदै छ । आइसल्याण्डमा करिब तीनसय नेपाली रहेको अनुमान छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार