लण्डन । पिटरबोरो नेपाली समाज यूकेले नेपालका भूकम्प पीडितहरूको अस्थायी बसोबासका लागि करिब ५ लाख रूपियाँ बराबरको जस्तापाता एवं किल्लाकाँटा सहयोग गरेको छ ।
भूकम्पले सबैभन्दा प्रभावित जिल्ला सिन्धुपाल्चोकको बाह्रबिसे गाविसको वार्ड नं ६ को सार्की टोलमा ४६ घरपरिवारलाई ९० बन्डल जस्तापाता समाजका निवर्तमान अध्यक्ष एंव सल्लाहाकार महेश अधिकारीले यही जून १० तारिख गाउँमै पुगी बितरण गरेका हुन् ।
पिटरबोरो नेपाली समाज , गोर्खा नेपाली कम्युनिटी पिटरबोरो, गोर्खा ओभन रेस्टुरेन्ट स्पाल्डी लगायत पिटरबोरो वरपर बस्ने नेपाली एवं अन्य समुदायबाट संकलित रकमले पीडितहरूलाई उक्त सहयोग उपलब्ध गराइएको जानकारी समाजका अध्यक्ष केशब भण्डारीले गराए ।
नेपालमा गत अप्रिल २५ मा आएको बिनासकारी भूकम्प लगत्तै पिटरबोरो नेपाली समाज लगायत मिडल्यान्ड यूकेका नेपाली संघसंस्था शान्ति नेपाली समाज बेलायत, हाम्रो नेपाली समाज वेष्टमिडल्यान्ड,सिर्जनशील लेष्टर समाज, नेपाली समाज नटिंघाम, साझा नेपाली समाज यूके, श्री पशुपतिनाथ मंदिर बर्मिङहाम,भिजन हुमानिटीले संयुक्तरूपमा ३५ लाख रूपियाँको अापतकालीन राहत भुकम्पले प्रभावित ५ जिल्लामा सहयोग वितरण सहयोग गरिसकिएको छ ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै