लण्डन । पिटरबोरो नेपाली समाज यूकेले नेपालका भूकम्प पीडितहरूको अस्थायी बसोबासका लागि करिब ५ लाख रूपियाँ बराबरको जस्तापाता एवं किल्लाकाँटा सहयोग गरेको छ ।
भूकम्पले सबैभन्दा प्रभावित जिल्ला सिन्धुपाल्चोकको बाह्रबिसे गाविसको वार्ड नं ६ को सार्की टोलमा ४६ घरपरिवारलाई ९० बन्डल जस्तापाता समाजका निवर्तमान अध्यक्ष एंव सल्लाहाकार महेश अधिकारीले यही जून १० तारिख गाउँमै पुगी बितरण गरेका हुन् ।
पिटरबोरो नेपाली समाज , गोर्खा नेपाली कम्युनिटी पिटरबोरो, गोर्खा ओभन रेस्टुरेन्ट स्पाल्डी लगायत पिटरबोरो वरपर बस्ने नेपाली एवं अन्य समुदायबाट संकलित रकमले पीडितहरूलाई उक्त सहयोग उपलब्ध गराइएको जानकारी समाजका अध्यक्ष केशब भण्डारीले गराए ।
नेपालमा गत अप्रिल २५ मा आएको बिनासकारी भूकम्प लगत्तै पिटरबोरो नेपाली समाज लगायत मिडल्यान्ड यूकेका नेपाली संघसंस्था शान्ति नेपाली समाज बेलायत, हाम्रो नेपाली समाज वेष्टमिडल्यान्ड,सिर्जनशील लेष्टर समाज, नेपाली समाज नटिंघाम, साझा नेपाली समाज यूके, श्री पशुपतिनाथ मंदिर बर्मिङहाम,भिजन हुमानिटीले संयुक्तरूपमा ३५ लाख रूपियाँको अापतकालीन राहत भुकम्पले प्रभावित ५ जिल्लामा सहयोग वितरण सहयोग गरिसकिएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते