लण्डन । नेपालका भूकम्प पीडितहरुको सहयोगका लागि बेलायती एक किशोरीले युकेका विभिन्न भागमा साँगीतिक कार्यक्रम गर्ने भएकी छिन् ।
सिक्स्थ फर्म स्कुलकी विद्यार्थी १७ वर्षीया सकिला करिमले यही जुन २७ का दिन उनी अध्ययनरत न्युपोर्ट एसेक्सस्थित जोयस फ्रान्कल्याण्ड एकाडमीबाट साँगीतिक यात्रा शुरु गर्दैछिन् ।
‘म्याराथन अफ गिग्स’ नाम दिइएको साँगीतिक यात्राका क्रममा उनले २६ ठाउँमा गीत गाउने छिन् । हरेक माइलमा एक/एक कार्यक्रम गर्ने उनको योजना छ ।
उनी अझै साँगीतिक कार्यक्रम गर्ने केही स्थानहरुको खोजीमा छिन् । जसका लागि सहयोग गर्न उनले कार्यक्रम स्थलका धनीहरु, साँगीतिक कार्यक्रम आयोजकहरु, नेपाललाई सहयोग गर्ने च्यारिटीहरुलाई आव्हान गरेकी छिन् ।
सकिलाको अर्को साँगीतिक कार्यक्रम हार्टफोर्डस्थित कोन एक्सचेञ्जमा २ जुलाईमा हुनेछ । त्यसपछि बिसप्स स्टोफोर्डको रोडस सेन्टरमा १५ जुलाईमा अर्को कार्यक्रम हुने छ ।
सकिला लण्डन म्याराथनबाट प्रभावित भएर म्युजिक म्याराथनमा लागेको बताउँछिन् । उनले भनिन् ‘म पूर्वी लण्डनको बासिन्दा भएकाले हरेक वर्ष लण्डन म्याराथनका धावकहरुलाई हेर्छु । यसवर्ष लण्डन म्याराथन भइरहँदा नेपालमा भूकम्पको समाचार फैलिएको थियो । त्यसबेला मैले भुकम्पबाट प्रभावित मानिसहरुलाई कसरी सहयोग गर्न सकिन्छ भनेर सोचेँ ।’
‘यद्यपि म म्याराथन धावक थिइनँ तर कम्तीमा गिगाथन गरेर सहयोग गर्न सक्छु भन्ने ठानेँ । यदि मैले २६ वटा कार्यक्रम गर्न सकेँ भने सहयोगको आवश्यकता रहेका नेपालका मानिसहरुलाई सहयोग गर्न सक्छु’ उनले थपिन् ।
‘मेरा नेपाली साथीहरु छन्’ उनले भनिन् । उनी अध्ययनरत जोयस फ्रान्कल्याण्ड एकाडेमीमा धेरै गोरखाका छोराछोरीहरु अध्ययनरत छन् ।
‘हामी सबैलाई थाहा छ कि गोरखाहरुले कति कुशलतापूर्वक हाम्रो देशको सेवा गरे र गरिरहेछन् । यदि हामीले बेलायतमा उनीहरुका लागि केही गर्न सक्यौँ भने राम्रो हुनेछ’ उनले भनिन् ।
सकिलाको साागीतिक कार्यक्रम आयोजना गर्न इच्छुकले उनलाई [email protected] मा सम्पर्क गर्न सक्नेछन् ।
सकिलाको समाजसेवा यो नै पहिलो भने होइन । सन् २०११ मा हेल्प फर हिरोज च्यारिटीका लागि उनले गीत रेकर्ड गरी सार्वजनिक गरिसकेकी छिन् ।
सकिला ह्वाइट चापल लण्डनमा जन्मेकी हुन् । गेटहाउस स्कुल बेन्थल ग्रीनबाट प्राथमिक स्तरको पढाइ पूरा गरेकी उनी पियानो, ड्रम, भायोलिन आदि आफैँ बजाउँछिन् । माइकल ज्याक्सन, फ्रेडी मर्करी, स्टिभी वण्डर, एल्टोन जोन, म्याडोना, लेडी गागा, मारिया केरी, एमी लि, एभ्रील, क्रिश्चिना अगुलेरा आदिबाट आफू प्रभावित भएको उनी बताउँछिन् ।
आफ्नो १३ औँ जन्मदिनबाट उनी गाउँदै आएकी छिन् । उनले प्रतिष्ठित वेम्ली स्टेडियममा इंग्ल्याण्ड र पोल्याण्डबीच विश्वकप छनौटको म्याच भएका बेला पनि गाइसकेकी छिन् । यस्तै अर्को ख्यातिप्राप्त रोयल अल्बर्ट हलमा पनि उनले विद्यालयको तर्फबाट गाइसकेकी छिन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा