लण्डन । नेपालका भूकम्प पीडितहरुको सहयोगका लागि बेलायती एक किशोरीले युकेका विभिन्न भागमा साँगीतिक कार्यक्रम गर्ने भएकी छिन् ।
सिक्स्थ फर्म स्कुलकी विद्यार्थी १७ वर्षीया सकिला करिमले यही जुन २७ का दिन उनी अध्ययनरत न्युपोर्ट एसेक्सस्थित जोयस फ्रान्कल्याण्ड एकाडमीबाट साँगीतिक यात्रा शुरु गर्दैछिन् ।
‘म्याराथन अफ गिग्स’ नाम दिइएको साँगीतिक यात्राका क्रममा उनले २६ ठाउँमा गीत गाउने छिन् । हरेक माइलमा एक/एक कार्यक्रम गर्ने उनको योजना छ ।
उनी अझै साँगीतिक कार्यक्रम गर्ने केही स्थानहरुको खोजीमा छिन् । जसका लागि सहयोग गर्न उनले कार्यक्रम स्थलका धनीहरु, साँगीतिक कार्यक्रम आयोजकहरु, नेपाललाई सहयोग गर्ने च्यारिटीहरुलाई आव्हान गरेकी छिन् ।
सकिलाको अर्को साँगीतिक कार्यक्रम हार्टफोर्डस्थित कोन एक्सचेञ्जमा २ जुलाईमा हुनेछ । त्यसपछि बिसप्स स्टोफोर्डको रोडस सेन्टरमा १५ जुलाईमा अर्को कार्यक्रम हुने छ ।
सकिला लण्डन म्याराथनबाट प्रभावित भएर म्युजिक म्याराथनमा लागेको बताउँछिन् । उनले भनिन् ‘म पूर्वी लण्डनको बासिन्दा भएकाले हरेक वर्ष लण्डन म्याराथनका धावकहरुलाई हेर्छु । यसवर्ष लण्डन म्याराथन भइरहँदा नेपालमा भूकम्पको समाचार फैलिएको थियो । त्यसबेला मैले भुकम्पबाट प्रभावित मानिसहरुलाई कसरी सहयोग गर्न सकिन्छ भनेर सोचेँ ।’
‘यद्यपि म म्याराथन धावक थिइनँ तर कम्तीमा गिगाथन गरेर सहयोग गर्न सक्छु भन्ने ठानेँ । यदि मैले २६ वटा कार्यक्रम गर्न सकेँ भने सहयोगको आवश्यकता रहेका नेपालका मानिसहरुलाई सहयोग गर्न सक्छु’ उनले थपिन् ।
‘मेरा नेपाली साथीहरु छन्’ उनले भनिन् । उनी अध्ययनरत जोयस फ्रान्कल्याण्ड एकाडेमीमा धेरै गोरखाका छोराछोरीहरु अध्ययनरत छन् ।
‘हामी सबैलाई थाहा छ कि गोरखाहरुले कति कुशलतापूर्वक हाम्रो देशको सेवा गरे र गरिरहेछन् । यदि हामीले बेलायतमा उनीहरुका लागि केही गर्न सक्यौँ भने राम्रो हुनेछ’ उनले भनिन् ।
सकिलाको साागीतिक कार्यक्रम आयोजना गर्न इच्छुकले उनलाई [email protected] मा सम्पर्क गर्न सक्नेछन् ।
सकिलाको समाजसेवा यो नै पहिलो भने होइन । सन् २०११ मा हेल्प फर हिरोज च्यारिटीका लागि उनले गीत रेकर्ड गरी सार्वजनिक गरिसकेकी छिन् ।
सकिला ह्वाइट चापल लण्डनमा जन्मेकी हुन् । गेटहाउस स्कुल बेन्थल ग्रीनबाट प्राथमिक स्तरको पढाइ पूरा गरेकी उनी पियानो, ड्रम, भायोलिन आदि आफैँ बजाउँछिन् । माइकल ज्याक्सन, फ्रेडी मर्करी, स्टिभी वण्डर, एल्टोन जोन, म्याडोना, लेडी गागा, मारिया केरी, एमी लि, एभ्रील, क्रिश्चिना अगुलेरा आदिबाट आफू प्रभावित भएको उनी बताउँछिन् ।
आफ्नो १३ औँ जन्मदिनबाट उनी गाउँदै आएकी छिन् । उनले प्रतिष्ठित वेम्ली स्टेडियममा इंग्ल्याण्ड र पोल्याण्डबीच विश्वकप छनौटको म्याच भएका बेला पनि गाइसकेकी छिन् । यस्तै अर्को ख्यातिप्राप्त रोयल अल्बर्ट हलमा पनि उनले विद्यालयको तर्फबाट गाइसकेकी छिन् ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]