काठमाडौँ, १५ असार । संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले एकीकृत मस्यौदा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई बुझाएका छन् ।
सभापति सिटौलाले संविधानसभा सचिवालय सिंहदरबारमा विभिन्न दलको फरक मतसहितको मस्यौदा मंगलबार साँझ बुझाएका हुन् ।
मस्यौदा बुझ्दै सभाध्यक्ष नेम्वाङले नेपाली जनताले लामो समयदेखि प्रतीक्षा गरेको संविधानको मस्यौदा प्राप्त भएकामा खुसी व्यक्त गर्दै मंगलबारै नेपाली जनताले थाहा पाउने व्यवस्था गरिने जानकारी दिए ।
मस्यौदामा केही दलले फरक मत राखेका छन् । फरक मत राख्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र केही मधेसवादी दल छन् । दलहरूबीच लामो समयसम्म संविधान निर्माण विषयमा सहमति हुन नसक्दा संविधान निर्माण प्रक्रियाले गति लिन सकेको थिएन ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा