लन्डन । बेलायतमा सबैभन्दा धेरै शाखा स्थापना गरेर विद्यार्थीलाई तेक्वान्दो प्रशिक्षण गराउंदै आएको नेपालीको पुरानो डोजाङ सगरमाथा तेक्वान्दो डोजाङले नेपालमा स्पोर्टस् सेन्टर बनाइदिने भएको छ । भूकम्प प्रभावित कुनै एक क्षेत्रमा सुविधासम्पन्न स्पोर्टस् सेन्टर बनाउने निर्णय भएको सगरमाथा डोजाङका संस्थापक मास्टर राष्ट्र राईले जनाएका छन् । सगरमाथाले प्रिडेटर तेक्वान्दोसंग मिलेर यस्तो काम गर्न लागेको हो ।
यस प्रोजेक्टका लागि यी दुई क्लवले फण्ड रेज अभियान थालिसकेका छन् । गत सप्ताहन्तमा डोजाङ आवद्ध विद्यार्थीले खेल प्रदर्शन गरि करिब एक हजार पाउण्ड संकलन गरे । यसबाहेक रोयल स्कुल मिलिट्री इन्जिनियरिङ रेजिमेन्ट जिम स्टाफबाट पनि एकहजार दुई सय १२ पाउण्ड संकलन भएको छ । मास्टर राईले बेलायती जनताले आफ्नो अभियानमा उत्साहजनक सहभागिता जनाएको उल्लेख गरे ।
प्रोजेक्ट सफल बनाउन सगरमाथा र प्रिडेटर तेक्वान्दोले संयुक्त रुपमा आगामी जुन २१ मा अल्डरसटस्थित ग्यारिसन स्पोर्टस् सेन्टरमा तेक्वान्दो फ्रेण्डसीप डे मनाउने भएका छन् । उक्त दिनको मुख्य उद्देश्य कोषअभिवृद्धिसहित बेलायती र नेपाली खेलाडीबीचको सम्वन्ध अरु प्रगाढ बनाउनु रहेको राईले बताए । सांस्कृतिक तथा तेक्वान्दो खेल प्रदर्शन गरिने उक्त दिन कार्यक्रममा सहभागी भएर आफ्नो अभियानमा साथ दिन आयोजकले आग्रह गरेका छन् ।
६ पटक चुङ डो क्वान नेशनल च्याम्पियसनसीप सगरमाथाले नेपालको विपत्तिमा यसअघि पनि सहयोग गर्दै आएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने