लन्डन । ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई सय वर्ष पुगेको उपलक्ष्यमा ब्रिटिश गोर्खा नेपाली परिषद गठन भएको छ । वीन्चेस्टरस्थित आर्च हलमा भएको एक भेलाले एकराज नेम्बाङ्गको अध्यक्षतामा उक्त संस्था गठन गरेको हो ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा खेल आले मगर (स्याङ्गजाली), उपाध्यक्ष किरण टी लिम्बु, महासचिव पारु राई, सचिव खुशी घले, कोषाध्यक्ष चन्द्रकुबेर आङ्गबुहाङ्ग
चुनिएका छन् भने सदस्यहरुमा भारत मणि चोङ्गबाङ्ग, कुमार इस्पो, सुवास राई,
रोमियन वनेम, दिलिप राई, सुरेष थापा र दुर्गाहांग लिम्बु छन् ।
भेलाले विभाग र विभागीय प्रमुख समेत तोकेको छ जसमा साहित्यतर्फ विभागीय प्रमुख भरतमणि चोङ्गबाङ्ग, संगीत विभागीय प्रमुख पारु राई, पत्रकारिता विभागीय प्रमुख किरण टि लिम्बु, कलाकारिता विभागीय प्रमुख रोमियन वनेम, खेलकुद विभागीय प्रमुख खेम आले मगर (स्याङ्गजाली), युवा परिचालन विभागीय प्रमुख सुवास राई, स्वयंसेवक विभागीय प्रमुख दिलिप राई, अन्तर्राष्ट्रिय विभागीय
प्रमुख मणि बाङ्गडेल यूएसए साथै अन्तर्राष्ट्रिय विभागीय उप प्रमुखमा इशा लावती लिम्बु इजरायल छन् भने अन्तर्राष्ट्रिय विभागीय सचिवमा कुमार इस्पो छानिएका
छन् ।
त्यसैगरि, भेलाले सल्लाहकारहरुमा किशोर गुरुङ, केदार संकेत र बलराज जबेगु लिम्बुलाई चुनेको छ । भेलाले संस्थाको प्रवक्तामा किरन टी लिम्बु र सह प्रवक्ताहरुमा भरतमणि चोङ्गबाङ्ग, खशी घले र रोमियन वनेम चुनेको छ ।
संस्थाको मुख्य लक्ष्यमा गोर्खाली र नेपाली संस्कृतिलाई बेलायतमा परिचित गराउने,
बेलायतमा नेपाली भाषा, साहित्य, गीत संगीत सृजना तथा कलाकारिताको सम्वद्र्धन तथा विकास गर्ने, गोर्खालीहरुको इतिहास, खोज अनुसन्धान गर्दै प्रकाशित
गर्ने, साहित्य, संगीत, कलाकारिता साथै पत्रकारिताको समग्र विकासका लागि यि विद्याहरुमा वार्षिक रुपले पुरस्कार प्रदान गर्नेछ । नेपाली संस्कृतिलाई बेलायत र बेलायती संस्कृतिलाई नेपालमा परिचित गराउने पनि संस्थाको उद्देश्य छ ।
१६ मे मा कमिटी गठन पश्चात संस्थाले नेपालमा महाभूकम्पमा परि दिवंगत मृतात्माहरुप्रति शोक प्रस्ताव पारित गर्दै पीडित परिवारहरुका लागि राहत संकलन अभियान संचालन गर्ने निर्णय भएको छ ।
बैठकले साहित्य, संगीत, कलाकारिता, पत्रकारिता र खेलकुद विद्यामा उत्कृष्टता हासिल गर्नेलाई सम्मान गर्न ब्रिटिश गोर्खा अवार्ड स्थापना गरि वार्षिक रुपमा प्रदान गर्ने निर्णय भएको छ । संस्थाले सेप्टेम्बर महिनामा गोर्खा सांस्कृतिक सांझ आयोजना गरि गोर्खाली प्रतिभाहरुको जागरण अभियान गर्ने निर्णय समेत गरेको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण