लन्डन । ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई सय वर्ष पुगेको उपलक्ष्यमा ब्रिटिश गोर्खा नेपाली परिषद गठन भएको छ । वीन्चेस्टरस्थित आर्च हलमा भएको एक भेलाले एकराज नेम्बाङ्गको अध्यक्षतामा उक्त संस्था गठन गरेको हो ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा खेल आले मगर (स्याङ्गजाली), उपाध्यक्ष किरण टी लिम्बु, महासचिव पारु राई, सचिव खुशी घले, कोषाध्यक्ष चन्द्रकुबेर आङ्गबुहाङ्ग
चुनिएका छन् भने सदस्यहरुमा भारत मणि चोङ्गबाङ्ग, कुमार इस्पो, सुवास राई,
रोमियन वनेम, दिलिप राई, सुरेष थापा र दुर्गाहांग लिम्बु छन् ।
भेलाले विभाग र विभागीय प्रमुख समेत तोकेको छ जसमा साहित्यतर्फ विभागीय प्रमुख भरतमणि चोङ्गबाङ्ग, संगीत विभागीय प्रमुख पारु राई, पत्रकारिता विभागीय प्रमुख किरण टि लिम्बु, कलाकारिता विभागीय प्रमुख रोमियन वनेम, खेलकुद विभागीय प्रमुख खेम आले मगर (स्याङ्गजाली), युवा परिचालन विभागीय प्रमुख सुवास राई, स्वयंसेवक विभागीय प्रमुख दिलिप राई, अन्तर्राष्ट्रिय विभागीय
प्रमुख मणि बाङ्गडेल यूएसए साथै अन्तर्राष्ट्रिय विभागीय उप प्रमुखमा इशा लावती लिम्बु इजरायल छन् भने अन्तर्राष्ट्रिय विभागीय सचिवमा कुमार इस्पो छानिएका
छन् ।
त्यसैगरि, भेलाले सल्लाहकारहरुमा किशोर गुरुङ, केदार संकेत र बलराज जबेगु लिम्बुलाई चुनेको छ । भेलाले संस्थाको प्रवक्तामा किरन टी लिम्बु र सह प्रवक्ताहरुमा भरतमणि चोङ्गबाङ्ग, खशी घले र रोमियन वनेम चुनेको छ ।
संस्थाको मुख्य लक्ष्यमा गोर्खाली र नेपाली संस्कृतिलाई बेलायतमा परिचित गराउने,
बेलायतमा नेपाली भाषा, साहित्य, गीत संगीत सृजना तथा कलाकारिताको सम्वद्र्धन तथा विकास गर्ने, गोर्खालीहरुको इतिहास, खोज अनुसन्धान गर्दै प्रकाशित
गर्ने, साहित्य, संगीत, कलाकारिता साथै पत्रकारिताको समग्र विकासका लागि यि विद्याहरुमा वार्षिक रुपले पुरस्कार प्रदान गर्नेछ । नेपाली संस्कृतिलाई बेलायत र बेलायती संस्कृतिलाई नेपालमा परिचित गराउने पनि संस्थाको उद्देश्य छ ।
१६ मे मा कमिटी गठन पश्चात संस्थाले नेपालमा महाभूकम्पमा परि दिवंगत मृतात्माहरुप्रति शोक प्रस्ताव पारित गर्दै पीडित परिवारहरुका लागि राहत संकलन अभियान संचालन गर्ने निर्णय भएको छ ।
बैठकले साहित्य, संगीत, कलाकारिता, पत्रकारिता र खेलकुद विद्यामा उत्कृष्टता हासिल गर्नेलाई सम्मान गर्न ब्रिटिश गोर्खा अवार्ड स्थापना गरि वार्षिक रुपमा प्रदान गर्ने निर्णय भएको छ । संस्थाले सेप्टेम्बर महिनामा गोर्खा सांस्कृतिक सांझ आयोजना गरि गोर्खाली प्रतिभाहरुको जागरण अभियान गर्ने निर्णय समेत गरेको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?