लन्डन । केन्टरवरी नेपाली समाज महिला दिदीबहिनीले भूकम्प पीडितका लागि आर्थिक रकम तथा लत्ता कपडा संकलन गरेका छन् । उनीहरुले पीडितलाई नेपाल पठाउन ३० बक्स भन्दा बढि लत्ता कपडा यहांस्थित रेडक्रस शाखालाई हस्तान्तरण गरे । यस अलवा केन्टरवरी नेपाली समाजले करिब २ हजार ४८० पाउण्ड संकलन गरेको छ ।
राहत संकलनका लागि केन्टरवरी नेपाली समाज महिला दिदीबहिनी अध्यक्ष ममता सुनवार तथा उर्मिला बुढा मगरको सकृयतामा समाजका अन्य महिला सदस्यहरूले योगदान दिएका थिए ।
राहत व्यवस्थापन कार्यमा समाजका सदस्यहरू हरि बुढामगर, गोपाल सुनुवार, दिल थापा र ज्ञान पुनबाट समेत सहयोग भएको थियो ।
केन्टरवरी नेपाली समाजले संकलन गरेको २४८० पाउण्डमध्ये ८ सय ५७ पाउन्ड वियोडस्टार नेपाली रेस्टुरेन्टका प्रोप्राइटर दीपक मेहता र सदस्य रामप्रसाद श्रेष्ठबाट भएको थियो भने संयोजन कोषाध्यक्ष भीम आले मगरले गरेका थिए । यसका साथै पुस्तक, सिडी र लत्ताकपडाहरू संकलन गर्ने कार्य अझै जारी छ ।
समाजका अध्यक्ष कृष्ण तामाङ्ग, पूर्व अध्यक्ष तथा सल्लाहकार घनबहादुर थापा मगर, उपाध्यक्ष राजेन्द्र राई र सचिव हेम कुमार राई लगायतका कार्यकारिणीहरू राहत सहयोग संकलन कार्यमा लागि परेका छन् ।
यसैगरि समाजका सल्लाहकार जित घर्ती मगरले पनि नेपालमा करिव ६३ पाल र १२० बोरा चामल किनेर सिन्धुपाल्चोकतर्फ वितरणका लागि पठाउने प्रवन्ध गरेका छन् ।
साथै समाजको हालै सम्पन्न बैठकले नेपालमा महाभूकम्पमा परी दिवंगत भएका समस्त आत्माको चीरशान्तिका लागि एक मिनेट मौनधारण गरी शोक प्रकट गरेको छ ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन : पाँच स्थानमा महिला उम्मेदवार विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट निर्वाचित
२२ हजार ८५० मतका साथ म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत