लन्डन । घुमघाम, साक्षात्कार र केही नयां अनुभव, फर्कंदा साथमा लाने कत्ति सपना थिए । बेलायत आउने अन्तिम तयारी भइरहंदा महाप्रलय आइलाग्यो, ति सब चकनाचुर भए । सारा देश र जनता रोइरहंदा नायिका प्रियंका कार्कीलाई बेलायत आएर शो गर्ने मुड नै रहेन । कार्यक्रम रद्द गर्न लागेकी उनलाई आयोजकले अनुनय गरे, ‘तय भइसकेको कार्यक्रम च्यारिटीमा बदलौंला बरु प्लिस् आउनुस् ।’
आइन्, तीन शो भइसके । आर्थिक संकलन पनि जारी छ । तर, बेलायतमा रहे पनि उनकै शब्दमा घर परिवार, देश र साथीभाइको चिन्ताले पिरोलिरहेको छ । घुमघामतिर जांगरै छैन् । ‘नर्मल लाइफ हुंदै थियो फेरि एक्कासी (मंगलबार) थप शक्तिशाली भूकम्पको क्रुरताले मन छिया छिया बनाएको छ’, बिहीबार प्रियंकाले भनिन्, ‘देश विपत्तिले जेलिंदा म मात्र खुशी हुने त कुरै भएन ।’
जे नहुनु थियो भइसकेको छ । पुरानै पीडाले सधैं चिन्तित भएर बसिरहन आवश्यक ठान्दिनन् प्रियंका । ‘अब हामी आफूलाई बलियो बनाएर अगाडि बढ्नु पर्छ’, डेढ दर्जन बढि फिल्मकी तन्नेरी नायिका प्रियंकाले सुझाइन्, ‘आफूलाई सम्हाल्न सकिएन भने त मानसिक स्वास्थ्य समेत ब्रिगन सक्ने भएकाले कृपया अब चिन्तित भएर होइन साहसले अगाडि बढौं ।’
बेलायत आउंदा प्रियंकाले अरु केही नगरेपनि लन्डनको चिनो स्वरुप फोटो सुट भने गर्न भ्याइन् । लन्डनस्थित व्यवसायिक फोटोग्राफर कुशल श्रेष्ठसंग उनले लन्डनब्रीज, लन्डन आइ लगायत केन्द्रमा तस्विर खिचाइन् । ‘लाइफ टाइम मेमोरीका लागि अरु केही नभएपनि फोटोसुट भने गरें’, उनले सुनाइन्, ‘बित्यास नहुंदो हो त लन्डनमा पेशा सम्वन्धि अरु अनुभव लिने सपना सांचेकी थिए जुन सम्भव भएन ।’ प्रियंकाले डिजाइनर अन्जली केसीका पहिरन र प्रेक्षा बस्नेतको मेकअपमा फोटो सुट गरेकी हुन् ।
आउंदो सोमबार नेपाल फर्किएपछि पीडितको राहत तथा उद्दारमा खटिने योजना छ प्रियंकाको । आफ्नो पछिल्लो फिल्म ‘नाईं नभन्नु ल ३’ चल्दै गर्दा देशमा त्यस्तो अकल्पनीय विपत्ति आएपछि आफ्नोमात्र सिनेमा होइन, समस्त चलचित्र उद्योग नै धरासायी छ । ‘तर, मलाई त्यसबाट कत्ति पश्चाताप छैन्’, उनले चित्त बुझाइन्, ‘फिल्म क्षेत्र केही महिना रोकिए पनि केही हुन्न, बरु हामी सबै कलाकार अब देश पुनर्निमाणमा आ आफ्नो तर्फबाट लाग्न खांचो छ ।’
प्रियंका सहित बेलायत आएका गायिका अन्जु पन्त र गायक शिव परियारले पीडितहरुका लागि प्रत्येक शोमा आर्थिक संकलन गरिरहेका छन् । आइतबार अन्तिम शो उलवीचमा सकिएपछि संकलित रकम एकमुष्ट पीडितका लागि पठाउने आयोजकको योजना छ ।
दुवै तस्विर सौजन्यः कुशल श्रेष्ठ
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य