लन्डन । घुमघाम, साक्षात्कार र केही नयां अनुभव, फर्कंदा साथमा लाने कत्ति सपना थिए । बेलायत आउने अन्तिम तयारी भइरहंदा महाप्रलय आइलाग्यो, ति सब चकनाचुर भए । सारा देश र जनता रोइरहंदा नायिका प्रियंका कार्कीलाई बेलायत आएर शो गर्ने मुड नै रहेन । कार्यक्रम रद्द गर्न लागेकी उनलाई आयोजकले अनुनय गरे, ‘तय भइसकेको कार्यक्रम च्यारिटीमा बदलौंला बरु प्लिस् आउनुस् ।’
आइन्, तीन शो भइसके । आर्थिक संकलन पनि जारी छ । तर, बेलायतमा रहे पनि उनकै शब्दमा घर परिवार, देश र साथीभाइको चिन्ताले पिरोलिरहेको छ । घुमघामतिर जांगरै छैन् । ‘नर्मल लाइफ हुंदै थियो फेरि एक्कासी (मंगलबार) थप शक्तिशाली भूकम्पको क्रुरताले मन छिया छिया बनाएको छ’, बिहीबार प्रियंकाले भनिन्, ‘देश विपत्तिले जेलिंदा म मात्र खुशी हुने त कुरै भएन ।’
जे नहुनु थियो भइसकेको छ । पुरानै पीडाले सधैं चिन्तित भएर बसिरहन आवश्यक ठान्दिनन् प्रियंका । ‘अब हामी आफूलाई बलियो बनाएर अगाडि बढ्नु पर्छ’, डेढ दर्जन बढि फिल्मकी तन्नेरी नायिका प्रियंकाले सुझाइन्, ‘आफूलाई सम्हाल्न सकिएन भने त मानसिक स्वास्थ्य समेत ब्रिगन सक्ने भएकाले कृपया अब चिन्तित भएर होइन साहसले अगाडि बढौं ।’
बेलायत आउंदा प्रियंकाले अरु केही नगरेपनि लन्डनको चिनो स्वरुप फोटो सुट भने गर्न भ्याइन् । लन्डनस्थित व्यवसायिक फोटोग्राफर कुशल श्रेष्ठसंग उनले लन्डनब्रीज, लन्डन आइ लगायत केन्द्रमा तस्विर खिचाइन् । ‘लाइफ टाइम मेमोरीका लागि अरु केही नभएपनि फोटोसुट भने गरें’, उनले सुनाइन्, ‘बित्यास नहुंदो हो त लन्डनमा पेशा सम्वन्धि अरु अनुभव लिने सपना सांचेकी थिए जुन सम्भव भएन ।’ प्रियंकाले डिजाइनर अन्जली केसीका पहिरन र प्रेक्षा बस्नेतको मेकअपमा फोटो सुट गरेकी हुन् ।
आउंदो सोमबार नेपाल फर्किएपछि पीडितको राहत तथा उद्दारमा खटिने योजना छ प्रियंकाको । आफ्नो पछिल्लो फिल्म ‘नाईं नभन्नु ल ३’ चल्दै गर्दा देशमा त्यस्तो अकल्पनीय विपत्ति आएपछि आफ्नोमात्र सिनेमा होइन, समस्त चलचित्र उद्योग नै धरासायी छ । ‘तर, मलाई त्यसबाट कत्ति पश्चाताप छैन्’, उनले चित्त बुझाइन्, ‘फिल्म क्षेत्र केही महिना रोकिए पनि केही हुन्न, बरु हामी सबै कलाकार अब देश पुनर्निमाणमा आ आफ्नो तर्फबाट लाग्न खांचो छ ।’
प्रियंका सहित बेलायत आएका गायिका अन्जु पन्त र गायक शिव परियारले पीडितहरुका लागि प्रत्येक शोमा आर्थिक संकलन गरिरहेका छन् । आइतबार अन्तिम शो उलवीचमा सकिएपछि संकलित रकम एकमुष्ट पीडितका लागि पठाउने आयोजकको योजना छ ।
दुवै तस्विर सौजन्यः कुशल श्रेष्ठ
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने