
लन्डन । लन्डनस्थित नेपाली दूतावासले आफ्नो अर्थक्वेक रिलिफ फण्डमा संकलित रकम पारदर्शी रुपमा सदुपयोग गरिने प्रतिवद्धता व्यक्त गरेको
छ । सर्वसाधारण र दाताहरुलाई विश्वास दिलाउन बुधवार जारी एउटा विज्ञप्तिमा दूतावासले विभिन्न व्यक्ति तथा संघसंस्थाबाट प्राप्त सहयोग रकम सही सदुपयोग, समुचित तथा पारदर्शीरुपमा भूकम्प पीडितहरुलाई उद्धार, राहत, पुर्नस्थापना तथा पुनःनिर्माण लगायतमा उपयोग गर्न नेपाल सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने जनाएको छ ।
२५ अप्रिल शनिवार नेपालमा विनाशकारी भूकम्प आए लगत्तै नेपाल सरकारले विशुद्ध राहत, उद्धार, पुर्नस्थापना, पुर्ननिर्माणका साथै दैवी प्रकोप एवं विपत्तिबाट क्षतिग्रस्त संरचनालाई संवोधन गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष स्थापना गरेको थियो । दूतावासले विज्ञप्तिमार्फत कोषको प्रयोग दैवी प्रकोपवाट प्रभावितहरुको उद्धार, राहत, पुर्नस्थापना, पुर्ननिर्माणका साथै दैवी प्रकोप एवं विपत्तिबाट क्षतिग्रस्त संरचना पुरानै स्वरुपमा फर्काउने कार्यका लागि तत्काल प्रयोग गरिने समेत अवगत गराएको छ ।
उसले नेपाल सरकार एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रोतहरुबाट राहतका लागि प्राप्त हुने रकम नितान्त दैवी प्रकोप प्रभावितहरुलाई राहत प्रदान गर्ने कार्यका लागी मात्र यो कोषमा रकम जम्मा गरिने पनि प्रष्ट्याएको छ । उक्त कोषमा संकलित रकमले कर्मचारीहरुलाई तलव भत्ता र सुविधा प्रदान गर्ने एवं अन्य दान, सहयोग दिने कार्यमा खर्च गर्न नपाउने कानूनी प्रावधान रहेको समेत विज्ञप्तिमा छ । उक्त कोषको सञ्चालन तथा व्यवस्थापन केन्द्रीय तहमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष संयोजक रहेको एवं नेपाल सरकारका विभिन्न आठ मन्त्रालयका सचिवहरु सम्मिलित समितिले गर्ने समेत जानकारी समेत दूतावासले दिएको छ ।
दूतावासले आफ्नो अर्थक्वेक रिलिफ फण्डमा हालसम्म ६५ हजार ४ सय ८६ पाउण्ड, ५ पेन्स जम्मा भइसकेको पनि जनाएको छ । उसले संयुक्त अधिराज्य र नियोग सहप्रमाणीकरण भएका देश आयरल्याण्ड, यस नियोगले हेर्ने माल्टा र आइसल्याण्डका विभिन्न भागमा रहेका नेपाली तथा विभिन्न सामाजिक संघसंस्था र नेपाल प्रति माया र सद्भाव राख्ने ब्रिटिस तथा अन्य विदेशी मित्रहरुको स्वस्फूर्तरुप सहयोगप्रति आभार समेत व्यक्त गरेको छ ।
दूतावासले इच्छुक दाताहरुलाई Prime Minister’s Disaster Relief Fund वा दूतावासको NatWest Bank, Notting Hill Gate Branch, Account No:05537339, Sort Code: 60-15-33 मा रकम जम्मा गरी सो को जानकारी दूतावासलाई दिन समेत अनुरोध गरेको छ ।
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी