लण्डन । यूकेको हालै सम्पन्न स्थानिय निर्वाचनमा दुई पूर्व गोरखा सैनिकहरुलाई सफलता मिलेको छ ।
यस्तै, एक नेपाली मूलका गैर गोरखा सैनिकले पनि यहाँ काउन्सिलरमा निर्वाचित हुने मौका पाएका छन् ।
प्राप्त विवरण अनुसार पूर्व गोरखा सैनिक नविन कुमार सिवाले फोल्क्स्टोनको सेपवे डिस्ट्रिक्ट काउन्सिलको स्याण्डगेट भ्याली वडाबाट काउन्सिलरको चुनाव जितेका छन् ।
बेलायती सेनामा २४ वर्ष बिताएका सिवाले सत्तारुढ कञ्जरभेटिभ पार्टीका तर्फबाट चुनाव जितेका हुन् । ताप्लेजुङको फुङलिङ बजारमा जन्मिएका सिवा सन् २००२ देखि युकेमा बसोबासरत् छन् ।
फोल्क्स्टोन नेपाली समाज, ताप्लेजुङ समाजका सल्लाहकार रहेका उनी व्यवसायी पनि हुन् । उनीसहित हरि श्रेष्ठ र विष्णु तामाङको लगानीमा सन् २००५ मा स्थापित गोरखा सेक्युरिटी सर्भिसेज यूकेको नेपाली समुदायमा सफल व्यवसायका रुपमा चिनिन्छ ।
यसैगरी, मेडवे काउन्सिलको प्रिन्सेस पार्क वार्डबाट पूर्व गोरखा सैनिक टासी भुटियाले पुनः चुनाव जितेका छन् । सत्तारुढ कञ्जरभेटिभ पार्टीका उम्मेदवार रहेका उनले सर्वाधिक मतका साथ चुनाव जितेका हुन् ।
यसअघि सन् २००९ मा पनि उनले सोही वार्डबाट चुनाव जितेका थिए । चाथाममा बस्ने भुटिया कञ्जरभेटिभ पार्टीका तर्फबाट काउन्सिलरको चुनाव जित्ने पहिलो नेपालीमूलका व्यक्ति हुन् ।
यसअघि धन गुरुङले लिवरल डेमोक्र्याटिक पार्टीका तर्फबाट सन् २००७ मा फोल्कस्टोन सेपवे डिस्ट्रिक्ट काउन्सिलबाट चुनाव जितेका थिए । यसपटक पनि काउन्सिलरका उम्मेदवार रहेका गुरुङले सफलता भने हात पार्न सकेनन् ।
यसैगरी, हार्टफोर्डसियरस्थित डोकोरम बोरो काउन्सिलबाट गोबर्द्धन सिलवालले काउन्सिलरको चुनाव जितेका छन् । ललितपुरमा जन्मिएका सिलवाल विगत १५ वर्षदेखि युकेका बस्दै आइरहेका छन् ।
कञ्जरभेटिभ पार्टीको तर्फबाट ग्रोभहिल वार्डमा उम्मेदवार रहेका उनले १ हजार १४२ मतका साथ चुनाव जितेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी युनाइटेड किंगडम इण्डिपेण्डेन्ट पार्टी (युकिप) का ९९६ मत पाएका थिए । उनको वार्डबाट सबै कञ्जरभेटिभ पार्टीका काउन्सिलर निर्वाचित भएका छन् ।
साहित्य लेखनमा रुचि राख्ने सिलवालको साहित्यिक उपनाम सागर हो ।
यसअघि डार्टफोर्ड काउन्सिलमा नेपाली मूलका बच्चुकैलाश कैनीले लेबोर पार्टीका तर्फबाट काउन्सिलरको चुनाव जितिसकेका छन् ।
यसपटक स्थानिय निर्वाचनमा उम्मेदवार रहेका कप्रसाद छन्त्याल, चन्द्रावती राई, दावा शेर्पा लगायतले भने चुनाव जित्न सकेनन् ।
यसअघि मेट्रोन काउन्सिलमा पूर्व गोरखा सैनिक गमबहादुर गुरुङले काउन्सिलरको चुनाव जितेका थिए । उनी पदमा रहँदारहँदै क्यान्सर रोगबाट बिते । अर्का पूर्व गोरखा सैनिक विष्णुबहादुर गुरुङ हाउन्स्लो काउन्सिलमा उपमेयर छन् । अर्का नेपालीमूलका डा जगन्नाथ शर्मा पौड्याल नर्थ योर्कसायरको कोलवर्न काउन्सिलमा उपमेयर छन् ।
केही वर्षयता बेलायतको राजनीतिमा नेपाली मूलका बेलायतीहरुको सहभागिता बाक्लिन थालेको छ ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च