लन्डन । लन्डन ग्रीनफोर्डस्थित एक किराना पसल व्यवसायीले भूकम्प पीडितका लागि संकलित १३ हजार किलो राहत सामाग्री निशुल्क कार्गो गरि नेपाल पठाइदिएका छन् । ग्रीनफोर्डस्थित काठमाण्डौं कर्नरका सञ्चालक सुनिल थापाले विभिन्न संस्था र दाताबाट संकलित १३ हजार किलो राहत सामाग्री कार्गोमार्फत नेपाल पठाउन प्रवन्ध गरिदिएका हुन् । पठाइएको ७ हजार केजी राहत सामाग्री वितरण भइसकेको र बांकी वितरणका क्रममा रहेको उनले जनाए । राहत सामाग्रीमा टेन्ट, ब्ल्यांककेट, सोलार लाइट, औषधि र ड्राइ फुड छन् ।
काठमाण्डौं कर्नरले कार्गो सेवा पनि दिने भएकाले आफ्नो नेटवर्किङ सदुपयोग गरेको थापाको भनाइ छ । १७०० किलो सामाग्रीको कार्गो शुल्क आफ्नै पकेटबाट तिरेको समेत थापाले जनाए ।
‘हामी विदेशीएका नेपालीलेस्वदेशका लागि यस्तै असहज परिस्थितिमा सहयोग गर्ने हो’, थापाले भने, ‘जब भूकम्प गयो, मलाई लाग्यो मैले आफ्नो अनुभव र पहुंच देखाउने बेला यही हो । अहिले म व्यापार समेत छाडेर राहत सामाग्री पठाउने धुनमा छु । सांच्चै भन्ने हो भने मेरा कष्टमर बढेका छन् तर व्यापार कम ।’ उनलाई सामाग्री पठाइदिन आग्रह गरिएका कल दैनिक सयौं हुन्छन् ।
अझै पनि कार्गो गर्न चाहनेले डिस्काउन्टेड रेट प्रतिकिलो एक पाउण्ड ४० पेन्समा गर्न सक्ने उनले जनाए । थापाले दाताहरु अत्यधिक भएका तर सधैं निशुल्क कार्गो असम्भव भएकाले आफ्नो एक्लो प्रयास भन्दा अब सामूहिक साथ खांचो रहेको समेत उल्लेख गरे ।
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार