लन्डन । लन्डन ग्रीनफोर्डस्थित एक किराना पसल व्यवसायीले भूकम्प पीडितका लागि संकलित १३ हजार किलो राहत सामाग्री निशुल्क कार्गो गरि नेपाल पठाइदिएका छन् । ग्रीनफोर्डस्थित काठमाण्डौं कर्नरका सञ्चालक सुनिल थापाले विभिन्न संस्था र दाताबाट संकलित १३ हजार किलो राहत सामाग्री कार्गोमार्फत नेपाल पठाउन प्रवन्ध गरिदिएका हुन् । पठाइएको ७ हजार केजी राहत सामाग्री वितरण भइसकेको र बांकी वितरणका क्रममा रहेको उनले जनाए । राहत सामाग्रीमा टेन्ट, ब्ल्यांककेट, सोलार लाइट, औषधि र ड्राइ फुड छन् ।
काठमाण्डौं कर्नरले कार्गो सेवा पनि दिने भएकाले आफ्नो नेटवर्किङ सदुपयोग गरेको थापाको भनाइ छ । १७०० किलो सामाग्रीको कार्गो शुल्क आफ्नै पकेटबाट तिरेको समेत थापाले जनाए ।
‘हामी विदेशीएका नेपालीलेस्वदेशका लागि यस्तै असहज परिस्थितिमा सहयोग गर्ने हो’, थापाले भने, ‘जब भूकम्प गयो, मलाई लाग्यो मैले आफ्नो अनुभव र पहुंच देखाउने बेला यही हो । अहिले म व्यापार समेत छाडेर राहत सामाग्री पठाउने धुनमा छु । सांच्चै भन्ने हो भने मेरा कष्टमर बढेका छन् तर व्यापार कम ।’ उनलाई सामाग्री पठाइदिन आग्रह गरिएका कल दैनिक सयौं हुन्छन् ।
अझै पनि कार्गो गर्न चाहनेले डिस्काउन्टेड रेट प्रतिकिलो एक पाउण्ड ४० पेन्समा गर्न सक्ने उनले जनाए । थापाले दाताहरु अत्यधिक भएका तर सधैं निशुल्क कार्गो असम्भव भएकाले आफ्नो एक्लो प्रयास भन्दा अब सामूहिक साथ खांचो रहेको समेत उल्लेख गरे ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च