लन्डन । बेलायतका विभिन्न संघसंस्थाबीचको छलफलपछि लन्डनस्थित नेपाली दूतावासमा गठित नेपाल ब्रिटेन उद्दार तथा राहत कोषमा हालसम्म ८० लाख रुपैंया संकलन भएको छ । आर्थिक संकलन तथा व्यवस्थापन समितिका संयोजक सूर्य गुरुङले ८० लाख रुपयां संकलन भइसकेको र यो क्रम जारी रहेको जनाए । ‘बेलायतवासी नेपालीहरुले उदार मनले सहयोग गरिरहनुभएको छ’, गुरुङले भने, ‘समस्या मुलुकभर छ, तर आफ्नो क्षमताले भ्याएसम्म सहयोगका हात फैलाउनेहरुप्रति हामी कृतज्ञ छौं ।’
उनले बेलायतस्थित नेपाली संघसंस्थाले आर्थिक सहयोग संकलन गरि एकमुष्ट खातामा पठाइरहेका र अन्य धेरैले पठाउने तयारी गरेको समेत उल्लेख गरे । समितिले मानवीय सहायता अभियानमा सरिक भइदिन सबैमा अपिल समेत गरेको छ ।
आर्थिक सहयोग गर्न इच्छुक दाताहरुले दूतावासको अर्थक्वेक रिलिफ फण्ड बैंक अकाउण्टमा रकम जम्मा गर्न सक्नेछन् । बैंक विवरणः
Natwest Bank
Embassy of Nepal, London
Sort Code: 60-15-33
Account Number: 05537339
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च