लन्डन । बेलायतका विभिन्न संघसंस्थाबीचको छलफलपछि लन्डनस्थित नेपाली दूतावासमा गठित नेपाल ब्रिटेन उद्दार तथा राहत कोषमा हालसम्म ८० लाख रुपैंया संकलन भएको छ । आर्थिक संकलन तथा व्यवस्थापन समितिका संयोजक सूर्य गुरुङले ८० लाख रुपयां संकलन भइसकेको र यो क्रम जारी रहेको जनाए । ‘बेलायतवासी नेपालीहरुले उदार मनले सहयोग गरिरहनुभएको छ’, गुरुङले भने, ‘समस्या मुलुकभर छ, तर आफ्नो क्षमताले भ्याएसम्म सहयोगका हात फैलाउनेहरुप्रति हामी कृतज्ञ छौं ।’
उनले बेलायतस्थित नेपाली संघसंस्थाले आर्थिक सहयोग संकलन गरि एकमुष्ट खातामा पठाइरहेका र अन्य धेरैले पठाउने तयारी गरेको समेत उल्लेख गरे । समितिले मानवीय सहायता अभियानमा सरिक भइदिन सबैमा अपिल समेत गरेको छ ।
आर्थिक सहयोग गर्न इच्छुक दाताहरुले दूतावासको अर्थक्वेक रिलिफ फण्ड बैंक अकाउण्टमा रकम जम्मा गर्न सक्नेछन् । बैंक विवरणः
Natwest Bank
Embassy of Nepal, London
Sort Code: 60-15-33
Account Number: 05537339
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य