लण्डन । भूकम्पमा परेका नेपालीहरुलाई सहयोग गर्न र नेपालको पुनर्निर्माणका लागि क्याम्ब्रिजसायरमा रहेका नेपालीहरुले सहयोग संकलन कार्यक्रम जारी राखेका छन् ।
मे ३ का दिन ग्राण्ड अर्केड क्याम्ब्रिजबाट अक्सफाम जीबीसितको सहकार्यमा सहयोग संकलन शुरु भएको थियो । सो दिन १ हजार ६०० पाउण्ड संकलन भएको थियो । सो रकम अक्सफाम जीबीलाई हस्तान्तरण गरिएको छ ।
यसैगरी, मे ९ तारिखका दिन क्वीन इडिथ चापेलमा सहयोग संकलनार्थ च्यारिटी टी कार्यक्रम गरियो । कार्यक्रममा क्याम्ब्रिजका मेयर काउन्सिलर जेरी बर्ड, फुनबर्न डिस्ट्रिक्ट काउन्सिलर लगायतको उपस्थिति थियो ।
कार्यक्रममा स्वयंसेवकहरुले चिया, केक उपलब्ध गराएका थिए भने नेपाली हस्तकलाका सामग्रीहरुको बिक्री पनि गरिएको थियो । भूकम्पका बारेमा स्लाइड प्रदर्शनी समेत गरिएको सो दिन १ हजार २०१ पाउण्ड सहयोग संकलन भएको थियो । सो रकम हेल्प नेपाल नेटवर्कलाई प्रदान गरिएको छ ।
यस्तै, एंगिला रस्किन विश्वविद्यालयमा अध्ययनरत नेपालीहरुले मे ८ का दिन भूकम्प पीडितका सहयोगार्थ केक बेचेर ३०० पाउण्ड संकलन गरेका छन् ।
यसैगरी, क्याम्ब्रिजसायरमा बसोबास गर्ने नेपालीहरुले मे ३० तारिखका दिन आब्री कम्युनिटी हलमा च्यारिटी डिनरको आयोजना गर्दैछन् । नेपाली, थाइ, फिलिपिनो खाना उपलब्ध हुने सो कार्यक्रममा आर्जित रकम हेल्प नेपाल नेटवर्कलाई दिइने बताइएको छ ।
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा