लण्डन । नेपालमा अप्रि २५ मा आएको महाभूकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झनामा बेलायतको रेडिङ शहरमा एक श्रद्धाञ्जलि सभाको आयोजना गरियो ।
रेडिङ बरो काउन्सिलका काउन्सिलर तथा मेयर टोनी जोन्सको आयोजना तथा स्थानीय नेपाली समुदायको संयोजनमा आयोजित सो कार्यक्रममा काउन्सिलरहरु, नेपाली संघ संस्थाका प्रतिनिधिहरु, एसियन कम्युनिटीका सदस्यहरु र सर्वसाधारणहरुको उपस्थिति थियो ।
दिवंगतहरुको सम्झनामा मैनबत्ती प्रज्वलन गरी गरिएको सो कार्यक्रममा काउन्सिलर मेयर जोन्सले आफू नेपाली समुदायसित ज्यादै नजिक रहेर काम गरिरहेको र नेपालमा आइपरेको विपत्तिका कारण आफूलाई ज्यादै दुःख लागेको बताए ।
नेपाललाई सहयोगका लागि बेलायत सरकारले देखाएको तत्परताका लागि धन्यवाद दिँदै उनले रेडिङ बरो सहयोगका लागि तयार रहेको र आफूले पहल गर्ने वचन दिए ।
काउन्सिलर लिज टेरी, एड कुपर र रब हृवाइटले पनि समवेदना व्यक्त गरेका थिए । सो अवसरमा कुपरले आफ्नी छोरीको जन्मदिनमा प्राप्त हुने उपहारहरु नेपालका भूकम्प पीडितलाई सहयोग दिने बताए ।
काउन्सिलर मेयर जोन्सले भूकम्प पीडितको सहयोगका लागि रेडिङ मेयर कोषको स्थापना गरेका छन् । जसमा रेडिङ युवा समूहले संजय दाहालको नेतृत्वमा सहयोग संकलन गर्दै आएको छ । सो युवा समूहका रविन्द्र श्रेष्ठ, शीला भट्टराई निरौला, रामेश्वर थापा, सुरेन्द्र उप्रेती लगायतले ५ हजार ४३६ पाउण्ड १६ पेन्स सहयोग संकलन गरी नेपाली समुदायलाई बुझाएका छन् ।
डा. कृष्ण रेग्मीको विशेष पहल, यादव श्रेष्ठको व्यवस्थापन संयोजनमा भएको सो कार्यक्रमको सञ्चालन डा. नविन आचार्यले गरेका थिए ।
नेपालीहरुको पीडामा कार्यक्रम आयोजना गरेकोमा स्थानीय नेपालीहरुले मेयरलाई धन्यवाद दिएका छन् ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च