लण्डन । नेपालमा अप्रि २५ मा आएको महाभूकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झनामा बेलायतको रेडिङ शहरमा एक श्रद्धाञ्जलि सभाको आयोजना गरियो ।
रेडिङ बरो काउन्सिलका काउन्सिलर तथा मेयर टोनी जोन्सको आयोजना तथा स्थानीय नेपाली समुदायको संयोजनमा आयोजित सो कार्यक्रममा काउन्सिलरहरु, नेपाली संघ संस्थाका प्रतिनिधिहरु, एसियन कम्युनिटीका सदस्यहरु र सर्वसाधारणहरुको उपस्थिति थियो ।
दिवंगतहरुको सम्झनामा मैनबत्ती प्रज्वलन गरी गरिएको सो कार्यक्रममा काउन्सिलर मेयर जोन्सले आफू नेपाली समुदायसित ज्यादै नजिक रहेर काम गरिरहेको र नेपालमा आइपरेको विपत्तिका कारण आफूलाई ज्यादै दुःख लागेको बताए ।
नेपाललाई सहयोगका लागि बेलायत सरकारले देखाएको तत्परताका लागि धन्यवाद दिँदै उनले रेडिङ बरो सहयोगका लागि तयार रहेको र आफूले पहल गर्ने वचन दिए ।
काउन्सिलर लिज टेरी, एड कुपर र रब हृवाइटले पनि समवेदना व्यक्त गरेका थिए । सो अवसरमा कुपरले आफ्नी छोरीको जन्मदिनमा प्राप्त हुने उपहारहरु नेपालका भूकम्प पीडितलाई सहयोग दिने बताए ।
काउन्सिलर मेयर जोन्सले भूकम्प पीडितको सहयोगका लागि रेडिङ मेयर कोषको स्थापना गरेका छन् । जसमा रेडिङ युवा समूहले संजय दाहालको नेतृत्वमा सहयोग संकलन गर्दै आएको छ । सो युवा समूहका रविन्द्र श्रेष्ठ, शीला भट्टराई निरौला, रामेश्वर थापा, सुरेन्द्र उप्रेती लगायतले ५ हजार ४३६ पाउण्ड १६ पेन्स सहयोग संकलन गरी नेपाली समुदायलाई बुझाएका छन् ।
डा. कृष्ण रेग्मीको विशेष पहल, यादव श्रेष्ठको व्यवस्थापन संयोजनमा भएको सो कार्यक्रमको सञ्चालन डा. नविन आचार्यले गरेका थिए ।
नेपालीहरुको पीडामा कार्यक्रम आयोजना गरेकोमा स्थानीय नेपालीहरुले मेयरलाई धन्यवाद दिएका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा