लन्डन । आफ्नो मातृभूमि रोइरहेको खवरले उनीहरुको मन मात्र कसरी थामिन सक्थ्यो र ? सोचे, कर्मथलो बेलायत रहेपनि स्वदेशका लागि गर्ने बेला यही हो । योर्कस्थित इम्फाल ब्यारेक्स्मा रहेको २४६ गोर्खा सिग्नल्स् स्क्वाड्रोनका गोर्खाहरुले सडक र सपिङ सेन्टरमा गएर भूकम्प पीडितका लाति ३२ हजार पाउण्ड (करिब ५० लाख रुपैयां) संकलन गरेका छन् । टुर डि योर्कसायर नाम दिइएको उक्त अभियान अन्तर्गत गोर्खाहरु योर्क डिजाइनर आउटलेट, टेस्को लगायत सपिंग सेन्टर, रेल स्टेशन र सडक सडक डुलेर चन्दा संकलन गरेका हुन् । चन्दा डिजास्टर इमर्जेन्सी कमिटीका लागि संकलन गरिएको हो ।
अप्रेशन अफिसर क्याप्टेन टोम अल्ड्रेडले चन्दादाताहरु सबैप्रति आभार व्यक्त गरेका छन् । ‘म चन्दा दिने सम्पूर्ण योर्कवासीहरुप्रति कृतज्ञ छु’, टोमले स्थानीय दि प्रेसलाई एउटा पत्र लेख्दै भनेका छन्, ‘मानिसहरुको यो स्वतस्फूर्त सहयोग सांच्चिकै प्रशंसनीय छ ।’
टु सिग्नल रेजिमेन्टका धेरै गोर्खाको घर वा परिवार भूकम्पले प्रभावित भएका बताइएको छ ।
डिजास्टर इमर्जेन्सी कमिटीका लागि ब्रिटिश अभिनेत्री जोअना लुम्लेले शुरु गरेको अभियानमा शुक्रबारसम्म ४७ मिलियन पाउण्ड संकलन भएको छ ।
नेपालका भूकम्प पीडितहरुको राहत तथा उद्दारका लागि गोर्खाहरुको प्रत्यक्ष साथ छ । डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलप्मेन्ट (डिएफआइडी) का अनुसार, भूकम्प लगत्तै दर्जनौं गोर्खा इन्जिनियर बोइङ सि १७ जहाजमा अत्यावश्यक राहत सामाग्री ११ सय सेल्टर किट्स, डोरी, १७०० सोलार बत्तिसहित नेपाल उत्रिएका थिए ।
दुर्गम हिमाली क्षेत्रमा हराइरहेका ब्रिटिश ट्रेकर म्याट कारापिटको खोजीमा पनि गोर्खाहरुनै परिचालन गरिएको छ ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च