लण्डन । नेपाली मूलका बच्चुकैलाश कैनी बेलायतको डार्टफोर्ड काउन्सिलको काउन्सिलर पदमा निर्वाचित भएका छन् ।
काउन्सिलको बिहीबार सम्पन्न निर्वाचनमा लेबोर पार्टीका तर्फबाट काउन्सिलरका उम्मेदवार रहेका कैनीले विजय हात पारेका हुन् ।
काउन्सिलका अनुसार जोइस ग्रीन वार्डबाट उम्मेदवार रहेका कैनीले ८४६ मत पाएका थिए । सोही वार्डबाट लेबोरकै उम्मेदवार मार्क आण्ड्रयु म्याडिसन पनि निर्वाचित भएका छन् ।
सो वडामा कन्जरभेटिभ पार्टीका उम्मेदवार तेस्रो र युकिपका उम्मेदवार चौथो स्थानमा चित्त बुझाउन बाध्य भए ।
काउन्सिलको कुल निर्वाचनमा कन्जरभेटिभले वर्चस्व जमाएको छ । कन्जरभेटिभले ३४, लेबोरले ७ र बाँकी ३ स्थान अन्यले अोगटेका छन् ।
तनहुँ घाँसीकुवा ३ कमलबारीमा जन्मेका कैनी विगत १० वर्षदेखि बेलायतमा बस्दै आएका छन् । लण्डनको स्थानीय अस्पतालमा म्यानेजर रहेका उनी सन् २००९ देखि लेबोर पार्टीमा आवद्ध रहेका छन् । उनी ग्रीनिच युनिभर्सिटीमा विद्धावारिधि पनि गर्दैछन् ।
निर्वाचित भएपछि फेसबुकमा उनले आफूलाई विजयी गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
बेलायतमा बिहीबार सम्पन्न अामचुनावसँगै कतिपय स्थानमा स्थानीय चुनाव पनि भएको थियो जसमा उम्मेदवार रहेका नेपाली मूलका व्यक्तिहरुका बारेमा विस्तृत परिणाम आउन बाँकी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने