लण्डन । चुनाव अघिका विभिन्न मत सर्भेक्षणहरुलाई चक्मा दिँदै कन्जरभेटिभ पार्टीले बेलायतमा बहुमतको सरकार बनाउन सफल भएको छ ।
बिहीबार सम्पन्न आमचुनावको शुक्रबार सम्पन्न अन्तिम मत परिणाम अनुसार कन्जरभेटिभले कुल ६५० सिटमध्ये ३३१ सिट ल्याउन सफल भएको छ भने प्रमुख प्रतिपक्षी लेबोरले २३२ सिटमा चित्त बुझाउनु परेको छ । स्कटल्याण्डको स्थानिय पार्टी स्कटिश न्याशनलिष्ट पार्टी ५६ सिटका साथ तेस्रो ठूलो पार्टी बन्न सफल भएको छ भने यसअघिको सत्ता साझेदार लिबरल डेमोक्रयाटिक पार्टी ८ सिटमा खुम्चेको छ ।
निकै ठूलो तामझामका साथ निर्वाचनमा होमिएको युनाइटेड किङडम इन्ण्डिपेण्डेण्ट पार्टी युकिपले एक सिट पाएको छ भने ग्रीन पार्टीले एक सिंट पाएको छ । उत्तरी आयरल्याण्डका क्षेत्रीय दल डेमोक्र्याटिक युनियनिष्ट पार्टीले ८, सिनफेनले ४, सोसल डेमोक्र्याटिक लेबोरले ३, युल्सर युनियनिष्ट पार्टीले २, वेल्सको प्लेइड कम्रीले ३, उत्तरी आयरल्याण्डमा एक स्वतन्त्र उम्मेदवारले जितेका छन् ।
सरकार गठनका लागि स्पष्ट बहुमत पाएपछि कन्जरभेटिभ पार्टीका नेता डेभिड क्यामरुनले आजै रानीसित भेटी दोस्रो कार्यकालका लागि बेलायतका प्रधानमन्त्री बनेका छन् । उनले आफ्नो टोलीमा पुरानै जर्ज अोस्वर्नलाई चान्सलर, टेरेजा मेलाई होम सेक्रेटरी, फिलिप हामोन्डलाई विदेश, माइकल फालोनलाई रक्षा मन्त्रालयको जिम्मा दिएका छन् ।
प्रधानमन्त्रीमा चुनिएपछि उनीले मुलुकलाई एक ढिक्का बनाएर सरकार संचालन गर्ने बताए ।
उता आश्चर्यजनक मत परिणाम आएपछि लेबोर लिडर एड मिलिब्याण्ड, लिबरल डेमोक्र्याटिक लिडर निक क्लेग र युकिपका नेता नाइजल फराजले राजिनामा दिएका छन् ।
यस चुनावमा स्कटल्याण्डका ५९ सिटमध्ये लेबोरले १, कन्जरभेटिभले १ र लिबरल डेमोक्र्याटले १ बाहेक बाँकी सबै सिट एसएनपीले जितेको छ ।
चुनावमा बिज्नेस सेक्रेटरी भिन्स केबल, इनर्जी सेक्रेटरी एड डाभे, ट्रेजरी सेक्रेटरी ड्यानी अलेक्जान्डर, लिबरल डेमोक्र्याटिक पार्टीका उपनेता सिमोन ह्युज, लिबरल डेमोक्र्याटिकका पूर्व नेता चाल्स केनेडी, छायाँ चान्सलर एड बल्स, स्कटिश लेबोर पार्टीका नेता जिम मर्फी, लेबोरका चिफ स्ट्राटाजिष्ट डग्लस अलेक्जान्डर, रेस्पेक्ट पार्टीका नेता जर्ज गालोवे, युकिपका नेता नाइजल फराज र कन्जरभेटिभका इम्प्लोयमेन्ट मिनिष्टर एस्थर मक्भी पराजित भएका छन् ।
चुनावअघिका सबै मत सर्भेक्षणले कुनै पनि पार्टीले बहुमत पाउने सम्भावना नभएको बताएका थिए । तर मतदान सकिनासाथ बीबीसी लगायतले कन्जरभेटिभले स्पष्ट बहुमत पाउने निष्कर्ष निकालेका थिए ।
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन