लन्डन । नेपालमा दश दिन अगाडि आएको महाभूकम्पबाट धनजनको क्षति पश्चात संसारभरबाट राहत सामाग्रीसंगै दीर्घकालीन सहयोग जुट्ने क्रम पनि शुरु भएको छ । यसै क्रममा अन्तर्राष्ट्रिय व्यवसायिक कम्पनी सलाद माष्टर यूकेले पनि सहयोगको हात अगाडि बढाउंदै पीडितहरुका लागि २५ वटा नयां घर बनाइदिने भएको छ । गत बिहीबार स्पेनको बार्सिलोनामा भएको सलाद माष्टरको अन्तर्राष्ट्रिय सेमिनारमा यस सम्वन्धि प्रस्ताव आएको हो ।
एस फोर यू हेल्थी लाइफ लिमिटेड यूकेका प्रबन्ध निर्देशक शिवजी श्रेष्ठले बार्सिलोना सेमिनारमा भूकम्पपछि नेपालको अवस्था चित्रण गरेका थिए । उनले भूकम्पका कारण कतिपय गाउं नै सखाप भएर धेरै घरवारबिहीन हुन पुगेकाले तत्काल राहतबाहेक दीर्घकालीन सहयोग पनि त्यति नै खांचो रहेको बताएपछि विभिन्न राष्ट्रबाट आएका सहभागीले सहमति जनाएका हुन् । श्रेष्ठले यस किसिमको सहयोग व्यक्तिगत भन्दा संस्थागत तवरले गर्नु अझ प्रभावकारी हुनेमा जोड दिएका थिए । यसको संयोजन गर्ने जिम्मा शिवजी श्रेष्ठलाई नै दिइएको छ ।
उता, श्रेष्ठ प्रमुख संयोजक रहेको नेपाल भूकम्प आपतकालीन अभियान यूकेले अभियानमार्फत २३ सय (तेइस सय) केजी अति आवश्यक राहत सामाग्री नेपाल पठाइ सकेको अभियानमा संलग्न एनआरएनए यूकेका उपाध्यक्ष समेत रहेका हिराधन राईले बताए ।
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य