काठमाडौं। भारतीय सञ्चार माध्यमहरुले महाभूकम्पबारे समाचार प्रकाशन र प्रसारण गर्दा मानवीय संवेदनालाई ख्याल नगरि नेपालको सर्वभौमिकतालाई समेत चुनौति दिन थालेपछि सामाजिक सञ्जाल ट्विटरमा त्यसको चर्को विरोध भएको छ। 
आइतबार बिहानदेखि #gohomeindiamedia ह्यासट्स ट्विटरमा ट्रेन्डिङमा रहेको छ। यस समाचार तयार पार्दासम्म भारतीयको पहिलो नम्बरमा रहेको छ भने विश्वभरमा दोस्रो नम्बरमा रहेको छ। नेपालीका साथै भारतीयहरुले समेत यसमा साथ दिएका छन्। ट्विटर प्रयोगकर्ताले भारतको नभै भारतीय सञ्चार माध्यमको मात्रै विरोध गरिएको जनाएका छन्।
भूकम्पका बारेमा संवेदनशील भएर रिपोर्टिङ नगरेको, घटनालाई सनसनीरुपमा प्रस्तुत गरेको, राष्ट्रियतामाथि प्रहार गरेको लगायतका आरोप भारतीय मिडियामाथि लागेको छ।
यसअघि नै भारतीय पत्रकार शेखर गुप्ताले भारतीय सञ्चार माध्यमहरुको कभरेजप्रति चर्को आलोचना गर्दै नेपाललाई बिहारको भाग नठान्न आग्रह गरेका थिए।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो