काठमाडौं। भारतीय सञ्चार माध्यमहरुले महाभूकम्पबारे समाचार प्रकाशन र प्रसारण गर्दा मानवीय संवेदनालाई ख्याल नगरि नेपालको सर्वभौमिकतालाई समेत चुनौति दिन थालेपछि सामाजिक सञ्जाल ट्विटरमा त्यसको चर्को विरोध भएको छ। 
आइतबार बिहानदेखि #gohomeindiamedia ह्यासट्स ट्विटरमा ट्रेन्डिङमा रहेको छ। यस समाचार तयार पार्दासम्म भारतीयको पहिलो नम्बरमा रहेको छ भने विश्वभरमा दोस्रो नम्बरमा रहेको छ। नेपालीका साथै भारतीयहरुले समेत यसमा साथ दिएका छन्। ट्विटर प्रयोगकर्ताले भारतको नभै भारतीय सञ्चार माध्यमको मात्रै विरोध गरिएको जनाएका छन्।
भूकम्पका बारेमा संवेदनशील भएर रिपोर्टिङ नगरेको, घटनालाई सनसनीरुपमा प्रस्तुत गरेको, राष्ट्रियतामाथि प्रहार गरेको लगायतका आरोप भारतीय मिडियामाथि लागेको छ।
यसअघि नै भारतीय पत्रकार शेखर गुप्ताले भारतीय सञ्चार माध्यमहरुको कभरेजप्रति चर्को आलोचना गर्दै नेपाललाई बिहारको भाग नठान्न आग्रह गरेका थिए।
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]