काठमाडौं। गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोको ट्रस्टले भूकम्प पीडितको राहत तथा पुनस्थापनका लागि १५ करोड रुपैया प्रदान गर्ने घोषणा गरेका छन्। 
फुलकुमारी महतो ट्रष्टले १५ करोड रुपैयाँ मध्ये तीन करोडको सामान तत्काल राहतका लागि र बाँकी १२ करोड रुपैयाँ विद्यालयको पुनर्स्थापनाका लागि खर्च गर्ने महतोले जानकारी दिए ।
‘तीन करोड रुपैयाँ बराबरको टेन्ट, चामल, तेल, मसला, तकियालगायत व्यवस्था गरिएको छ,’ उनले भने, ‘पुनर्स्थापना अन्तर्गत स्कूलहरुका लागि १२ करोड रुपैयाँ दिनेछौं । त्यो रकम क्षति भएका ठाउँहरुका स्कूलहरु हेरेर गरिनेछ ।’
यो राहत गैर आवासीय नेपालीहरु र पतंजली योग पीठका तर्फबाट संयुक्त रुपमा वितरण हुने महतोले बताए ।
यस्तै के कति सहयोग कहाँ भएको भन्ने कुरा पनि पारदर्शी बनाइने उनले बताए । राहत घोषणा कार्यक्रममा गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घले लगायतको उपस्थिति थियो।
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]