काठमाडौं। शनिबार गएको महाभूकम्पको तेस्रो दिन बिहानसम्म मृत्यु हुनेको संख्या ४ हजार ३ सय ४७ पुगेको छ। गृहमन्त्रालयले ८ हजार १ सय ५४ जना घाइते भएको जनाएको छ। बढी क्षति पुगेका गोरखा, धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे र ललितपुरलगायत क्षेत्रमा राहत तथा उद्धारका लागि सबै संयन्त्र परिचालन गरेको सरकारले जनाएको छ। अहिलेसम्म सबैभन्दा ठूलो मानवीय क्षति सिन्धुपाल्चोकमा देखिएको छ। सो जिल्लामा १ सय १ सय ७६ जनाको निधन भएको छ।
स्थानीय प्रशासनले केन्द्रसँग माग गरेअनुसार राहत सामग्री प्राप्त गर्न नसकेको बताएका छन्। भूकम्प प्रभावित क्षेत्रमा केही स्थानमा वर्षा भएको कारण भूकम्प पीडितहरुका झनै प्रभावित बनेको छ। गोर्खा, धादिङ, रसुवा, सिन्धुपाल्चोक जिल्लाका दुर्गम क्षेत्रमा हालसम्म सम्पर्क स्थापित हुन सकेको छैन। दोलखामा यार्सागुम्बा संकलन गर्न गएकाहरु सम्पर्क बाहिर छन्।
उपत्यका : मृतक: १४४०, घाइते: ४९०३
काठमाण्डौ – १०३९
ललितपुर – १५८
भक्तपुर -२४३
पूर्व क्षेत्र : मृतक ५२, घाइते: २१२
भोजपुर -२
सुनसरी- ७
सोलुखुम्बु – २२
ओखलढुङगा – १७
ताप्लेजुङ – १
मोरङ-२
सप्तरी -१
मध्य क्षेत्र : मृतक २५८९, घाइते: २६९८
दोलखा -५०
रामेछाप – २४
सिन्धुली – ९
धनुषा- १
सर्लाही -१
नुवाकोट - ४७८
धादिङ – ३०३
काभ्रे -२४८
सिन्धुपाल्चोक – ११७६
रसुवा – २५०
मकवानपुर -३३
चितवन -६
बारा – ५
पर्सा – ४
रौतहट – १
पश्चिम क्षेत्र: मृतक -२६४, घाइते: ३२१
गोरखा -२५६
कास्की -२
नवलपरासी – १
तनहुँ -१
लमजुङ – ४
मध्यपश्चिम क्षेत्र : मृतक-२, घाइते-२०
रोल्पा -१
रुकुम – १
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो