भुकम्पको महाविपत्तिमा परेको नेपाललाई बेलायतको असी करोड सहयोग

2000px-Union_flag_1606_(Kings_Colors).svg

लण्डन । बेलायतले भूकम्पको महाविपत्तिमा परेको नेपाललाई करिब असी करोड नेपाली रुपिया सहयोग उपलब्ध गराउने भएको छ ।
बेलायतको अन्तरराष्ट्रिय विकास मन्त्रालयका अनुसार बेलायतले नेपाललाई ५ मिलियन पौण्ड  (७७ लाख २४ हजार रुपिया) सहयोग दिने भएको हो ।
सो सहयोगमध्ये ४६ करोड रुपिया भुकम्प प्रभावित क्षेत्रमा तत्काल उद्दारका लागि र बाँकि ३१ करोड रुपिया रेडक्रसलाई दिइने भएको हो ।
बेलायतकी अन्तरराष्ट्रिय विकास मन्त्रि जस्टिन ग्रिनिंगले सो सहयोग उद्दार कार्यमा खटिएकहरूलाई तत्काल उपलब्ध गराउने बताइन ।
सो भुकम्पमा केही बेलायती नागरिक परेको आसंका छ ।
बीबीसीका अनुसार यसअघि बेलायतले ८ सदस्सीय प्राबिधिक टोली नेपाल पठाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री