काठमाण्डौं । नेपालमा शनिवार दिउसो शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागका अनुसार, काठमाण्डौं र पोखरा आसपास केन्द्रविन्दु बनाइ गएको ७ दशमलव ९ रेक्टर स्केलको भूकम्पले ठूलो धनजनको क्षति भएको आशंका छ । एएफपीका अनुसार, हालसम्म ११४ वटा शव निकालिएको छ । काठमाण्डौंका पुराना भवनहरु ध्वस्त भएका छन् ।
सामाजिक सञ्जालहरुमा काठमाण्डौं लगायत विभिन्न शहरमा भएका क्षतिहरुको तस्विर छरपष्ट भएका छन् । हताहतीको संख्या यकिन आइ नसकेपनि धरहरा ढलेको छ भने बसन्तपुर दरवार, भक्तपुर र पाटन दरवार क्षेत्रसहित अरु सांस्कृतिक सम्पदा समेत क्षतविक्षत भएका छन् । सगरमाथातिर हिम पहिरो गएको समेत अपुष्ट खवर छ । भीमसेन टावरले समेत चिनिने ९ तले उक्त ऐतिहासिक धरहरा विदेशी पर्यटकहरुका लागि आकर्षणको केन्द्र थियो । प्रहरीले त्यहां केही शव निकालेका खवर छ ।
मध्यान्ह १२ बजेतिर भूकम्प गएकाले अझ हताहती नभएको र मानिसहरु खुल्ला ठाउंमा आश्रय लिइरहेका जनाइएको छ । पटक पटक भूकम्पको धक्का महशुस गरिएको थियो । यस्तो दैवी विपत्तिले मानिसहरुमा सन्त्रास छ । सञ्चार सम्पर्क समेत सुचारु हुन सकिरहेको छैन् । ८० वर्ष पछि यत्ति ठूलो भूकम्प आएको हो ।
बीबीसीले भनेको छ, नेपालका सञ्चारमन्त्री मिनेन्द्र रिजालले धेरै क्षति भएको जनाउंदै अन्तर्राष्टिय एजेन्सीसंग सहयोग मागेका छन् । मन्त्रिपरिषदको आकस्मिक बैठक बस्ने तयारी भइरहेको छ ।
पत्रकार गुणराज लुईंटेलले भयानक भूकम्प गएको जनाउंदै ट्वीट गरेका छन्, हामी सुरक्षित छौं, थाहा छैन् अरु कतिको मृत्यु भयो । सडकहरु पहिलै बन्द छन् ।
नेपाल भूकम्पका लागि अत्यधिक जोखिम मानिन्छ ।
विभिन्न श्रोतबाट प्राप्त केही तस्विरहरुः
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित