काठमाण्डौं । नेपालमा शनिवार दिउसो शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागका अनुसार, काठमाण्डौं र पोखरा आसपास केन्द्रविन्दु बनाइ गएको ७ दशमलव ९ रेक्टर स्केलको भूकम्पले ठूलो धनजनको क्षति भएको आशंका छ । एएफपीका अनुसार, हालसम्म ११४ वटा शव निकालिएको छ । काठमाण्डौंका पुराना भवनहरु ध्वस्त भएका छन् ।
सामाजिक सञ्जालहरुमा काठमाण्डौं लगायत विभिन्न शहरमा भएका क्षतिहरुको तस्विर छरपष्ट भएका छन् । हताहतीको संख्या यकिन आइ नसकेपनि धरहरा ढलेको छ भने बसन्तपुर दरवार, भक्तपुर र पाटन दरवार क्षेत्रसहित अरु सांस्कृतिक सम्पदा समेत क्षतविक्षत भएका छन् । सगरमाथातिर हिम पहिरो गएको समेत अपुष्ट खवर छ । भीमसेन टावरले समेत चिनिने ९ तले उक्त ऐतिहासिक धरहरा विदेशी पर्यटकहरुका लागि आकर्षणको केन्द्र थियो । प्रहरीले त्यहां केही शव निकालेका खवर छ ।
मध्यान्ह १२ बजेतिर भूकम्प गएकाले अझ हताहती नभएको र मानिसहरु खुल्ला ठाउंमा आश्रय लिइरहेका जनाइएको छ । पटक पटक भूकम्पको धक्का महशुस गरिएको थियो । यस्तो दैवी विपत्तिले मानिसहरुमा सन्त्रास छ । सञ्चार सम्पर्क समेत सुचारु हुन सकिरहेको छैन् । ८० वर्ष पछि यत्ति ठूलो भूकम्प आएको हो ।
बीबीसीले भनेको छ, नेपालका सञ्चारमन्त्री मिनेन्द्र रिजालले धेरै क्षति भएको जनाउंदै अन्तर्राष्टिय एजेन्सीसंग सहयोग मागेका छन् । मन्त्रिपरिषदको आकस्मिक बैठक बस्ने तयारी भइरहेको छ ।
पत्रकार गुणराज लुईंटेलले भयानक भूकम्प गएको जनाउंदै ट्वीट गरेका छन्, हामी सुरक्षित छौं, थाहा छैन् अरु कतिको मृत्यु भयो । सडकहरु पहिलै बन्द छन् ।
नेपाल भूकम्पका लागि अत्यधिक जोखिम मानिन्छ ।
विभिन्न श्रोतबाट प्राप्त केही तस्विरहरुः
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’