शनिबार, कार्तिक ८ २०७७ | Sat, October 24, 2020
नेपालको समय: ११:४० | UK Time: 06:55

धादिङमा बस दुर्घटना, १७ जनाको मृत्यु

वीनेपाली
२०७२ वैशाख ९ गते ४:०७

काठमाडौं। उपत्यका बाहिरबाट काठमाडौ भित्रने सबैभन्दा ठूलो नाका नागढुंगा नजिकै बुधबार बिहान बस भीरबाट खस्दा १७ जनाको मृत्यु भएको छ।

बसमा सवार १४ जनाको घटनास्थलमा र ३ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Dhadhing

त्रिभुवन राजपथको नागढुङगा नौबिसे सडक-खण्ड अन्तर्गत धादिङको नौबिसे गाविसस्थित झ्याप्रेखोलामा भारतीय पर्यटक बोकेको बस खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा २० बढी घाइते भएका छन्।

भारतीय तीर्थयात्री बोकेको जी जेड १४ एक्स नम्वरको बस सडकबाट तीनसय मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनास्थलमा अहिले स्थानिय बासिन्दा र प्रहरीले उद्धारकार्य जारी राखेका छन् ।

दुर्घटनामा २० भन्दा बढी यात्रु घाइते भएको र घाइतेहरुलाइ उद्धार गरि काठमाण्डौतर्फ पठाइदै गरेको प्रहरीले जनाएको छ। घटनाबारे बिस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक