काठमाडौं। नेपालले एएफसी यु –१४ रिजनल च्याम्पियनशीपमा इरानलाई पराजित गरेको छ। दशरथ रंगशालामा भएको खेलमा नेपालले इरानलाई ३-२ ले पराजित गरेको हो। नेपालका लागि सरु लिम्बुले खेलको २५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् । तर त्यसको दुई मिनेटमै इरानको फतेमा अमिरील बराबरी गोल गरिन् । 
नेपालका लागि दोस्रो र तेस्रो गोल रेखा पौडेलले गरिन। उनले खेलको ३२ औं र ४७ औं मिनेटमा गोल गरिन् । खेलको दोस्रो हाफको इन्जुरी समयमा इरानकी फतेमा गसेमीले गोल गर्दै खेल ३-२ को फुर्याएकी थिइन् ।
खेल पछि आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका प्रशिक्षक किशोर केसीले इरानविरुद्धको खेल क्षमताभन्दा कमजोर भएको बताएका छन्। उनले रक्षापंक्ति कमजोर भएको भन्दै खेलमा निकै सुधार गर्न आवश्यक भएको बताएका छन्। उनले उपाधिको रक्षा गर्ने हो भने खेलमा निकै सुधार आवश्यक भएको बताएका छन्। नेपालले मंगलबार माल्दिभ्स र बुधबार श्रीलंकासँग प्रतिस्पर्धा गर्ने छ। समूहको विजेता र उप विजेता सेमिफाइनलमा प्रवेश गर्ने छ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने