महास‌ंघद्वारा प्रधानसम्पादक पोखरेलमाथि दुर्ब्यवहारको भर्त्सना

Nabin Pokhrel
लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाले पत्रकार नवीन पोखरेलमाथि लण्डनस्थित गोल्डेन सीप रेस्टुरेन्टमा दुर्ब्यहार गरिएकोमा सो घटनाको भर्त्सना गरेको छ ।
शाखाले एक विज्ञप्ति प्रकाशित गर्दै शाखाका निबर्तमान अध्यक्ष, कान्तिपुर दैनिकका युकेस्थित सम्बाददाता तथा वीनेपाली डटकमका प्रधानसम्पादक समेत रहेका पत्रकार पोखरेलमाथि यसप्रकारको ब्यवहार गरिनुलाई निन्दनीय र प्रेस स्वतन्त्रताको हनन भएको ठहर गरेको छ ।
यसअघि पोखरेलले आफूलाई गोल्डेन शीप रेस्टुरेन्टले समाचार संकलन गर्न रोक लगाउँदै दुर्ब्यबहार गरेको भन्दै महासंघमा जानकारी दिएको विज्ञप्तिमा जनाइएको छ ।  महासंघले सो घटनाका बारेमा छानविन गरी दुवै पक्षसँग सहकार्य मार्फत समाधान निकाल्न आफू तयार रहेको पनि बताएको छ ।
विज्ञप्तिमा महासंघले सो रेस्टुरेन्ट र सम्बन्धित संचालकलाई भविष्यमा यस्ता घटना नदोहोर्याउने प्रतिवद्धता सार्वजनिक गर्न आह्वान गरेको छ । यदि त्यसो नगरिए उक्त रेस्टुरेन्टमा हुने कुनै पनि सार्वजनिक कार्यक्रमको समाचार संकलन नगर्न पत्रकारहरु बाध्य हुने कडा चेतावनी पनि दिएको छ ।
साथै बेलायतस्थित नेपाली समुदायलाई आगामी दिनहरुमा यस्ता घटनाहरु हुन नदिन सजगता अपनाउन पनि महासंघले अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री