काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीबीच तीव्र विवाद भएपछि मंगलबारदेखि प्रमुख कार्यकारी अधिकृत (सिइओ)को पद रिक्त भएको छ। सिइओ भावना घिमिरेको ६ महिने परीक्षणकाल सोमबार नै सकिएको थियो। तर, सोमबार नै बसेको क्यान बोर्ड बैठकले घिमिरलाई न हटाउने निर्णय गर्यो न त समय थप्ने निर्णय। योसँगै क्यान पुन: विवादमा पर्ने देखिएको छ। घिमिरे दक्षिण एशियाली देशहरुको क्रिकेट संघकी पहिलो महिला सिइओ हुन्।
‘बैठकमा आवश्यक कोरम पनि पुगेको थियो। छलफलमात्र भयो तर निर्णय हुन सकेन’, क्यानका कार्यवाहक महासचिव उत्तम कर्माचार्यलाई उद्धृत गर्दे डिजिटल क्रिकेट डट कमले जनाएको छ।
उनले आगामी बैठकमा यसबारे निर्णय हुने बताए। त्यसो भए बुधबारदेखि क्यानमा सिइओ पद रिक्त हुने भयो हैन? भन्ने जिज्ञासामा कर्माचार्यले भने, ‘अर्को निर्णय नहुँदासम्म त्यस्तै हुन्छ होला।’
स्रोतका अनुसार बोर्ड बैठकमा केही पदाधिकारीले आइसिसीले समेत प्रशंसा गरेको भन्दै तत्काल भावनालाई पदबाट हटाउन नहुने अडान लिएका थिए।
भर्खरैमात्र बलले लागेर निधन भएका अस्ट्रेलियन क्रिकेट फिलिप ह्युजको श्रद्धाञ्जलि खेलमा सहभागी हुन आएका आइसिसीका ग्लोबल डेभलपमेन्ट म्यानेजर टिम एन्डर्सन, अस्ट्रेलियन क्रिकेट बोर्डका अध्यक्ष वेल्ली एडवार्डस्ले घिमिरेको प्रशंसा गरेका थिए।
आइसिसी र एसिसीले कडा चेतावनीसहित सहयोग पनि रोक्का गरेपछि क्यानले ६ महिनाअघि खुला प्रतिस्पर्धामार्फत सिइओका रूपमा घिमिरेलाई नियुक्त गरेको थियो।
तर, कसलाई नियुक्त गर्ने भन्ने विषयमा बोर्ड पदाधिकारीबीच नै विवाद भएपछि अन्तर्वार्ता भएको धेरै सातासम्म निर्णय हुन सकेको थिएन।
क्यानमा सिइओको कार्यकाल कति हुने भन्नेमा विधानत: कुनै व्यवस्था छैन। ‘क्यानको आगामी साधारणसभामा यसबारे निर्णय हुनेछ’, कार्यवाहक महासचिव कर्माचार्यले भने।
बेलायतको वेल्स विश्वविद्यालयबाट एमबीए गरेकी घिमिरेले बेलायतमा हुँदा पञ्जाब नेसनल बैंकमा काम गरेकी थिइन्। उनीसँग बहराइको खेलकुद व्यवस्थापन कमिटीमा काम गरेको अनुभव पनि छ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न