काठमाडौं। युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले नेपाली क्रिकेट विकासका लागि नयाँ दिल्लीसँग आग्रह गरेका छन्।
युवा एक्सचेन्ज कार्यक्रममा नेपाली टोलीको नेतृत्व गर्दै भारत पुगेका खेलकुद मन्त्री पौडेलले नेपाली क्रिकेटरहरुलाई भारतमा तालिम र नेपालमा भौतिक पूर्वाधार विकासमा सहयोग गर्न आग्रह गरेका हुन्।
भारतीय खेलकुद मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारतीय खेलकुदमन्त्री सर्वानन्द सोनोवालले पनि सम्भव भएसम्म सहयोग गर्ने आश्वासन दिएको उल्लेख छ। एक साता लामो युवा एक्सचेन्ज कार्यक्रम शुक्रबार समापनको अवसरमा मन्त्री पौडेलले क्रिकेट विकासमा सहयोग मागेका हुन्। दुई पटकको विश्व च्याम्पियन भारतको क्रिकेट नियन्त्रण बोर्ड संसारको सबैभन्दा धनी संस्था हो।
भारत भ्रमणको क्रममा नेपाली प्रतिनिधि मण्डलले दिल्ली, आग्रा, बैंगलोर र मैसोरको भ्रमण गरेका थिए।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी