काठमाडौं। युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले नेपाली क्रिकेट विकासका लागि नयाँ दिल्लीसँग आग्रह गरेका छन्।
युवा एक्सचेन्ज कार्यक्रममा नेपाली टोलीको नेतृत्व गर्दै भारत पुगेका खेलकुद मन्त्री पौडेलले नेपाली क्रिकेटरहरुलाई भारतमा तालिम र नेपालमा भौतिक पूर्वाधार विकासमा सहयोग गर्न आग्रह गरेका हुन्।
भारतीय खेलकुद मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारतीय खेलकुदमन्त्री सर्वानन्द सोनोवालले पनि सम्भव भएसम्म सहयोग गर्ने आश्वासन दिएको उल्लेख छ। एक साता लामो युवा एक्सचेन्ज कार्यक्रम शुक्रबार समापनको अवसरमा मन्त्री पौडेलले क्रिकेट विकासमा सहयोग मागेका हुन्। दुई पटकको विश्व च्याम्पियन भारतको क्रिकेट नियन्त्रण बोर्ड संसारको सबैभन्दा धनी संस्था हो।
भारत भ्रमणको क्रममा नेपाली प्रतिनिधि मण्डलले दिल्ली, आग्रा, बैंगलोर र मैसोरको भ्रमण गरेका थिए।
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह