आइतबार, असोज ११ २०७७ | Sun, September 27, 2020
नेपालको समय: १५:२९ | UK Time: 10:44

फिलिप ह्युजको स्मृति क्रिकेटका लागि २ टिमको घोषणा

वीनेपाली
२०७१ चैत २४ गते १२:१३

काठमाडौं। अस्ट्रेलियाली पूर्व टेस्ट खेलाडी फिलिप ह्युजको स्मृतिमा आगामी शनिबार राजधानीमा नेपाल-अष्ट्रेलिया बीच हुने ६३ ओभरको खेल खेल्नका लागि दुबै टिमको घोषणा भएको छ।Phil_Huge

बलले लागेर मृत्यु भएका अष्ट्रेलियाली ब्याट्सम्यान फिलिप हृयुजप्रति श्रद्धाञ्जली दिनका लागि खेलिन लागेको खेलमा नेपालको तर्फबाट टम निलोको नेतृत्वमा विनोद दास र अष्ट्रेलियाका लागि टिम रातो नेतृत्व रायन कार्टरले गर्नेछन्।

टिम निलोमा कप्तान दास, पारस खड्का, अनिल मण्डल, विनोद भण्डारी, शक्ति गौचन, प्रदिप ऐरी, करण केसी, नरेश बुढायर, अभिनाष कर्ण, भुवन कार्की, महेश क्षेत्री, अमृत भट्टराई, राहुल विक र रामनरेश गिरी छन्।

यस्तै टिम रातोका लागि कप्तान कार्टरसहित टिम एन्डरसन र म्याथु इलियनको नाम तय भएको छ। उनीहरु बाहेक अन्य अस्टेलियन खेलाडी नआए रातो टिमा शरद भेसवाकर, ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, बसन्त रेग्मी, पृथु बास्कोटा, सोमपाल कामी, जितेन्द्र मुखिया, राजेश पुलामी, राजवीर सिंह र प्रज्वल शाही रहने छन्। त्रिभुवन विश्वविद्याल कीर्तिपुरको मैदानमा हुने खेलमा ३१ ओभर ३ बलको ओभर हुने छ। ह्युजलाई बलले लाग्दा उनी ६३ रनमा खेलिरहेका थिए।

नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान दासको १७ वर्षे खेल जीवनको लागि यो नै अन्तिम अन्तराष्ट्रिय खेल हो। ह्युज प्रति श्रद्धाञ्जली व्यक्त गर्न क्रिकेट एशोसिएसन अफ नेपाल(क्यान) ले उनीले ब्याट्स पनि सगरमाथाको शिखरमा लैजाने प्रस्ताव गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक