लन्डन । तमु समाज यूकेले आफ्ना सदस्यहरुको पारिवारिक तथ्यांक संकलन गर्ने भएको छ । समाजको हालै सम्पन्न चौंथो कार्यसमितिको दोश्रो बैठकले उक्त निर्णय गरेको हो ।
सदस्य संख्या वृद्धि भइरहंदा समाजले सदस्यता प्रक्रिया व्यवस्थित बनाउन उक्त निर्णय गरेको समाजका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले वीनेपालीलाई जनाए । तथ्यांक संकलनका लागि हङस्लो क्षेत्रमा सदस्यता संयोजक भीमबहादुर गुरुङ, नर्थहोल्ट, हेज र साउथ ह्यारो क्षेत्रमा सल्लाहकार रामचन्द्र गुरुङ र गंगाबहादुर गुरुङ, वेम्ली, सडबरी, अल्पर्टन र ग्रीनफोर्ड क्षेत्रमा सल्लाहकार एवं निवर्तमान अध्यक्ष शिवशरण गुरुङ तथा कोअर्डिनेटर केदारबहादुर गुरुङलाई जिम्मा दिइएको छ । त्यसैगरि, ह्यारो र ह्यारो विल्ड्स्टनका लागि महासचिव ज्ञानबहादुर गुरुङलाई तोकिएको छ । बन्र्टओक इलाकामा उपाध्यक्ष शिवचन्द्र गुरुङ, कोषाध्यक्ष उदय गुरुङ र आमा समूहकी अध्यक्ष माया गुरुङलाई तोकिएको समाजले जनाएको छ ।
लन्डन बाहिर तथ्यांक संकलनका लागि संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र उपाध्यक्ष बिजु गुरुङले जिम्मेवारी लिएका छन् ।
समाजका अध्यक्ष अर्जुनबहादुर गुरुङको अध्यक्षतामा सञ्चालित बैठकमा निवर्तमान कोषाध्यक्ष केदारबहादुर गुरुङले वर्तमान कोषाध्यक्ष उदयबहादुर गुरुङलाई सम्पूर्ण हरहिसाव हस्तान्तरण गरे । चार्टर्ड एकाउन्टेन्ट विज्ञान प्रसाईं मार्फत ३१ मार्चसम्मको आयव्यय ‘अडिट’ पछि कोषको सम्पूर्ण विवरण हस्तान्तरण गरिएको हो ।
बैठकले आफ्ना नयां पुराना सदस्यहरुबीच भेटघाट तथा परिचय आदानप्रदानका लागि छिट्टै ‘मेम्बरसीप डिनर’ गर्ने निर्णय गरेको छ । साथै, समाजले आफ्ना जेष्ठ सदस्यहरुका लागि एकदिने समर टुर समेत गराउने भएको छ । यस कार्यका लागि सल्लाहकार खड्काबहादुर गुरुङलाई जिम्मा दिइएको छ । तर, टुर कहिले र कहां गर्ने भन्नेबारे पछि निर्णय गरिनेछ ।
बैठकले आमा समूहको सक्रियतामा आफ्नो वार्षिक नियमित कार्यक्रम वैशाख पूर्णिमा तथा वुद्ध जयन्ती आगामी आइतबार ३ मेमा साउथ ह्यारो बरो फुटबल क्लव हलमा गर्ने निर्णय समेत गरेको छ । मध्यान्ह १२ देखि राती ८ बजेसम्म हुने यस कार्यक्रममा निशुल्क प्रवेश तथा खानपिन प्रवन्ध मिलाइएको छ ।
उता, समाजले एजुकेशन सेक्रेटरी खुमबहादुर गुरुङको संयोजकत्वमा नेपाली तथा तमु भाषा कक्षा समेत सञ्चालन गर्ने भएको छ । समाजले नेपाली भाषा पढाउन भोलेन्टियर समेत आवश्यक परेकाले इच्छुकलाई सम्पर्क गर्न आग्रह गरेको छ ।
बैठकले लमजुङ हिले टक्सार स्थायी निवासी मनबहादुर गुरुङ अस्वस्थ्य भई उपचार गराइरहेकाले उनको उपचार सहयोगार्थ चन्दा संकलन अभियान समेत थाल्ने निर्णय गरेको छ । यस कार्यका लागि संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङलाई संयोजक तोकिएको छ ।
उक्त बैठकमा कार्यसमिति सदस्यहरु, सल्लाहकारहरु, अतिथी डा. चन्द्रबहादुर गुरुङ, पोखरा उपमहानगरपालिकाका भूपू उपमेयर क्या. मनबहादुर गुरुङ लगायत सहभागी थिए । बैठकमा इन्टरनेशनल विजनेश स्कुलका प्रकाश गौतमले हल तथा जलपान प्रवन्ध गरेका थिए ।
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत