बिहीबार, असोज १५ २०७७ | Thu, October 01, 2020
नेपालको समय: २२:५६ | UK Time: 18:11

विद्युत प्रणालीमा समस्या आएपछि विमानस्थल बन्द

वीनेपाली
२०७१ फागुन २८ गते १७:४७

काठमाडौं। विद्युत प्रणालीमा समस्या देखिएपछि नेपालको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। रनवेको विद्युत सर्किट सर्ट भएपछि बन्द भएको विमानस्थललाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। राति १० बजेबाट विमानस्थल बन्द भएको बताइएको छ। यस समयमा अवतरण गरिने विमानहरु डाइभर्ट भएर भारतका विभिन्न विमानस्थलमा अवतरण गरिएको छ। विमानस्थल बन्द हुँदा करिब ४ हजार यात्री विमानस्थलमै अलपत्र परेका छन्। tribhuvan-international-airport

काठमाडौँ आउँदै गरेको मालिन्दो एयरको जहाज विमानस्थल बन्द भएपछि भारतको कोलकातातिर डाइभर्ट गरिएको छ। त्यसैगरी अन्य जहाजहरु पनि प्रभावित भएका छन्।

यसअघि टर्किस एयरलाइन्सको जहाज रनवे छेकिने गरी दुर्घटना हुँदा चार दिनसम्म विमानस्थल बन्द भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक