लन्डन । नेपालमा हाउजिङ क्षेत्रमा प्रख्यात रोड शो रियल स्टेट प्रा.लि.ले दीप
हाउजिङ पोखरा र यज्ञपुरी हाउजिङ, चितवनका अत्याधुनिक घरहरु धमाधम विक्री भइरहेको जनाएको छ । ति घर मोर्गेजमा समेत उपलव्ध गराउने व्यवस्था भएको उक्त स्टेटका बेलायत प्रतिनिध वाचस्पति रेग्मीले आइतबार एउटा पत्रकार भेटघाटमा जनाए ।
बेलायतवासी नेपालीले यहींको आम्दानी देखाएर १५ वर्ष सम्मको मोर्गेजमा घर खरिद गर्न सकिने रेग्मीको भनाइ छ । ‘घर खरिद पनि सुरक्षित लगानीको एउटा प्रमुख पाटो हो’, रेग्मीले भने, ‘ग्राहकलाई बिना झण्झट सर्वसुलभ तरिकाले घर उपलव्ध गराउन कम्पनी लागिरहेको छ ।’ उनका भनाइमा एक करोड बीस लाख देखि एक करोड ७० लाख रुपैयांसम्मका घर विक्रीमा छन् ।
गोर्खा दरबार रेष्टुरेन्ट फेल्थाममा आयोजित पत्रकार भेटघाटमा रेग्मीले दीप हाउजिंगका एकसय आठ घर र ७ तले भवनको ४० अपार्टमेन्ट विक्री शुरु भएको उल्लेख गरे । ति घरमा बार, स्वीमिङ पुल, ब्यांगकिट हल, लाइब्रेरी, जिम, निशुल्क इन्टरनेट जस्ता सुविधा रहेको रेग्मीले जनाए ।
नेपालमा हाउजिङका आफ्नै समस्या छन् । पैसा तिरिसकेर पनि ग्राहकले समयमा घर लालपूर्जा नपाउनु, कमसल सामाग्री प्रयोग, सरिसकेपछि अतिरिक्त शुल्क आदि समस्या सुनिएपनि रोड शो उल्लेखित समस्याबाट टाढा रहेको दावी रेग्मीको छ ।
उक्त स्टेटले महाराजगञ्ज हाउजिङ, धुम्बाराही हाउजिङ, बुढानिलकण्ठ हाउजिङ, नारायण भवन रेसिडेन्सी ललितपुर, भाटभटेनी अपार्टमेन्ट जस्ता प्रोजेक्ट सम्पन्न गरिसकेको छ ।
कार्यक्रममा कम्पनीले मितेरी गाउं पोखरा, बर्दिवास र यज्ञपुरी चितवनमा जग्गा प्लटिङका काम गरिसकेको र अन्य कयौं प्रोजेक्ट पाइपलाइनमा रहेका जनाउने एउटा भिडियो समेत प्रदर्शन गरिएको थियो ।
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता