
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राईले भूपू गोर्खाहरूलाई नागरिकको दर्जा दिन नेपाल सरकारसँग माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको बिहीबार बसेको पहिलो बैठकमा सम्बोधन गर्दै सांसद राईले भूपू गोर्खाहरुको नेपाली नागरिकता कायम राखेर नागरिकको दर्जामा राख्नका लागि सरकारले कानुन बनाउनुपर्ने माग गर्नुभएको हो । ‘नेपाल सरकारले गरेको सन्धिमार्फत गएका भूपू गोर्खाहरूलाई नागरिकता कायम राखेर नागरिकको दर्जामा राख्न सरकारले कानुन बनाओस्,’ उहाँले भन्नुभयो ।
सांसद राईले भूपू गोर्खाको समान पेन्सनलगायतका मुद्दा सम्बोधनका लागि पनि नेपाल सरकारले तत्काल बेलायतसँग आवश्यक पहल गर्नुपर्ने बताउनुभयो ।
अमेरिकी सहयोग परियोजना एमसीसी खारेजको मुद्दा पनि उहाँले उठाउनुभयो । सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित साम्पाङले पहिलो पटक संसद्मा सम्बोधन गर्नुभएको हो । उहाँ यसअघि धरान उपमहानगरपालिकाको मेयर हुनुहुन्थ्यो ।
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने