काठमाडौं। नेकपा एमालेले माघ ५ गते भएको सहमतिलाई प्रस्थानबिन्दु बनाएर वार्तामा सहभागी हुन एकीकृत नेकपा माओवादी र मधेशवादी दलहरुलाई आह्वान गरेको छ। दलहरुबीच राज्य पुनर्संरचना बाहेकको विषयमा नयाँ संविधानको अन्तर्वस्तुमा सैद्धान्तिक सहमति बनेको दलहरुले बताएका थिए।
स्थायी कमिटीको शनिबार भएको बैठकले सहमतिबाट माओवादी पछि हटेको निष्कर्ष निकाल्दै माघ ५ गतेको सहमतिलाई आधार बनाएर वार्तामा सहभागी हुन आह्वान गरेको छ। ‘दलहरूबीच न्याय प्रणाली, निर्वाचन प्रणालीका विषयमा सहमति भइसकेको छ । शासकीय स्वरूपमा फरक मत राखेर जान माओवादी अध्यक्षले सहमति जनाउनुभएको थियो,’ एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘प्रदेश संख्यामा भन्दा सीमांकनका विषयमा विवाद रहेको हो । माओवादी त्यो सहमतिबाट पछि हटेकाले समस्या भएको हो । सहमतिका प्रस्थानबिन्दु त्यही हुन सक्छ ।’
माघ ५ गते सहमति बन्न नसक्दा संविधानसभामा बहुमतीय प्रक्रिया अघि बढेको छ भने त्यसविरुद्ध एकीकृत नेकपा माओवादी नेतृत्व मोर्चाले सडक आन्दोलन घोषणा गरेको छ ।
‘सुरु भइसकेको प्रक्रिया रोक्ने भन्दा पनि सहमति भएको विषयलाई प्रश्नावलीबाट हटाउने गरी प्रक्रिया अघि बढाउनुपर्छ,’ ज्ञवालीले भने, ‘प्रक्रिया रोक्नुपर्ने आवश्यकता छैन ।’
एमालेले संविधानसभाबाट संविधान बन्ने ग्यारेन्टी भए संविधानका अन्तर्वस्तुमा लचिलो हुन सकिने निर्णय पनि लिएको छ ।
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो