दाङ । युकेमा बस्दै आएका राप्तिवासी नेपालीहरुले दाङस्थित नमुना मगर ग्रामलाई सहयोग गरेका छन् ।
घोराही नगरपालिका-७ सेवार बगाले निवासी पूर्व ब्रिटिश आर्मी बिष्णु घर्ती मगरको नेतृत्वमा युकेमा बस्दै आएका राप्तिवासी तथा अन्य नेपालीहरुले लक्ष्मीपुर-५ सवारीकोटस्थित नमुना मगरग्रामलाई १ लाख ७४ हजार ७ सय ९ रुपैया सहयोग गरेका हुन् ।
सहयोग संकलन समितिका संयोजक तथा मगर संघ युकेका खेलकुद सचिव बिष्णु घर्ती मगरले बुधवार एक कार्यक्रमका बिच उक्त रकम नमुना मगर ग्राम सवारीकोटलाई हस्तान्तरण गर्नुभएको हो ।
मगर ग्राम निर्माणार्थ सहयोगको अनुरोधपत्र राप्ती समाज युकेमा गएपछि राप्तिवासीहरुले सहयोगका लागि आर्थिक सँकलन शुरु गरेको संयोजक घर्ती मगरले जानकारी दिए । जस अन्तर्गत युकेमा बस्दै आएका राप्तिवासी तथा अन्य नेपाली गरी ५० जनाबाट उक्त रकम संकलन गरिएको उनले जानकारी दिए ।
नमुना मगर ग्राम सवारीकोटका अध्यक्ष कृष्णबहादुर बुढा मगरको अध्यक्षता तथा दाङ निर्माण ब्यवसायी संघका अध्यक्ष बलिभद्र राना मगरको प्रमुख आतिथ्यता एवं सहयोग संकलन समितिका संयोजक तथा मगर संघ युकेका खेलकुद सचिव बिष्णु घर्ती मगरको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यस अवसरमा सहयोग हस्तान्तरण गर्दै संयोजक घर्ती मगरले आफूहरुले गरेको सहयोग सही काममा प्रयोग गर्न आग्रह गरे । नमुना मगर ग्रामले प्राप्त भएको सहयोग मगर ग्रामको तालिम हल सञ्चालन र भ्यू टावर निर्माणमा खर्च गर्ने जनाएको छ ।
मगर ग्रामका समन्वयकर्ता भोला अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष केएल पीडित, दाङ निर्माण ब्यवसायी संघका वरिष्ठ सल्लाहकार प्रताप शाह, नेपाल मगर संघ दाङका अध्यक्ष सितलाल पुन मगर लगायतले पर्यटकीय क्षेत्र सवारीकोटको विकासका निमित्त सबै क्षेत्रले सहयोग गर्नुपर्ने बताए ।
त्यस अवसरमा स्थानियवासी तथा शिक्षक धर्मबहादुर पुन मगरले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सहजीकरण पत्रकार निमुसंगम घर्तीले गरेका थिए ।
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी