बलात्कृत चेली पूजाले कहिले न्याय पाउने ?

 

GV-Puja

बलात्कार विरुद्ध जनलहर

बलात्कृत चेली पूजा बोहराको न्यायका लागि ग्लोवल भ्वाईसमा बेलायत बस्दै आएका नारायण अधिकारीले सामाजिक संजालमा भएका विभिन्न टिका टिप्पणी समेटर  १७ वर्षीया वलात्कृत पूजाको लागि न्यायको गतिलाभ

(A 17-Year-Old Rape Victim’s Demand for Justice Gains Momentum in Nepal)

(http://globalvoicesonline.org/2014/12/29/a-17-year-old-rape-victims-demand-for-justice-gains-momentum-in-nepal/) 

भन्ने शिर्षकमा रिपोर्ट लेखेपछि पूजाको न्यायका लागि झनै आवाज उठेको छ । हाल युरोपमा खासगरी महिला हिंसा सम्बन्धि काम गर्दै आईरहेका विभिन्न संघ संस्थाले आफ्नो अफिसियल टुईटर मार्फत गोलोबल भ्वाईसमा लेखिएको उक्त लेखलाई टुईट गर्दै पूजा बोहरा र रक्षा नेपाल संस्था सम्बन्धि जानकारी लिंदै न्यायको लागि ऐक्यवद्धता दिन थालेका छन् । खासगरी सुरक्षा र  अपराध सम्बन्धि कलम चलाउने अधिकारीले यो पटक उठाएको आवाजले पूजाको न्यायका लागि थप अन्तराष्ट्रिय संघसंस्थाको ऐक्यवद्धता साथ सम्बन्धित न्याय दिने निकाय माथि दबाब सिर्जना हुने देखिन्छ । नारायण अधिकारी विभिन्न सामाजिक काममा धेरै अघि देखि सक्रिय छन् । कुनै बेला क्यान्सर पीडित  डा चित्रप्रसाद वाग्ले बचाऊ अभियानमा नारायण अधिकारीले  बेलायतबाट ठूलो भूमिका खेलेको कान्तिपुरले उल्लेख गरेको थियो । त्यस्तै बीबीसी नेपाली सेवाका भगिरथ योगीले दाङ जिल्लामा विद्यालय बनाउन चालेको च्यारिटी काममा समेत अधिकारीले सक्रिय भएर सहयोग गरेका थिए ।

पुस १ गते कान्तिपुरले एउटा खुला पत्र आफ्नो अग्र पेजमा प्राथमिकताका साथ छापेको थियो । (http://www.ekantipur.com/np/2071/9/1/full-story/400369.html)

वर्ष १७ वर्षीया एक बलात्कृत युवतीले न्यायको लागि माननीय कानुनमन्त्री नरहरि आचार्यलाई सम्बोधन गर्दै लेखेको उक्त पत्रले नेपाली समाजमा एउटा हलचल नै सिर्जना गर्यो । पूजाले लेखेको खुल्ला पत्र पढेपछि सामाजिक संजाल मा साधारण मानिस देखि विभिन्न पेशाकर्मी, संचार क्षेत्र तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले समेत गम्भीरताका साथ चासो देखाए । बाबुराम भट्टराईले त आफ्नो फेसबुक पेजमा हिजोकोकान्तिपुर दैनिकमा सामूहिक बलात्कार पीडित नेपाली छोरी पूजा बोहराको मार्मिक पत्र पढेर जिन्दगीमा सम्भवत पहिलो पटक डाँको छोडेर रोएको थिएँ ! आज ती छोरीलाई घरमै भेट्दा उनलेबुबाभनेर सम्बोधन गर्दा थप भावुक बनेको छु । अपराधीलाई दण्डित नगरेसम्म संघर्ष गर्ने आफुजस्तै पीडित महिलालाई सहयोग गर्न वकिल बन्ने उनको अठोटले अत्यन्त गौरवान्वित गराएको छ।उनलाई न्याय दिलाउन उनको सपना साकार पार्न सबै प्रयत्न गर्ने प्रतिबद्धता गर्दछु यसमा सबैको सहयोगको अपेक्षा गर्दछु !  “ डा भट्टराईले आफ्नो फेसबुकमा लेखेको उक्त स्टाटस भाईरल जस्तै भयो ।

कान्तिपुरमा छापिएको आफ्नै पत्र पढ्दै पूजा बोहरा

कान्तिपुरमा छापिएको आफ्नै पत्र पढ्दै पूजा बोहरा

सामाजिक संजालमा चर्को आवाज उठ्यो पूजाको न्यायका लागि । केहि ठाउँमा प्रदर्शन पनि भयो । राज्य र न्यायलयको चर्को आलोचना भयो । पुस २ गते माननीय कानुन मन्त्रीले पूजा बोहरालाई न्याय दिलाउने प्रतिवद्धता जाहेर गरे । पूजा बोहरालाई रक्षा नेपाल भन्ने संस्थाले  सेल्टर दिएर पढाईलाई निरन्तरता दिएको छ । भविष्यमा वकिल बनेर समाजमा न्याय दिलाउन लागि पर्ने ठूलो सपना पूजाले बोकेकी छिन् । रक्षा नेपालकी अध्यक्ष मेनुका थापा जतिसुकै दुख कस्ट सहेर भएपनी पूजा लाई न्याय दिलाउन कम्मर कसेर लागि परेकी छिन् । बलात्कृत चेली पूजाको लागि रक्षा नेपाल अध्यक्ष मेनुका थापा आमा बनेर उभिएकी छिन । मेनुका थापा ले संचालन गरेको रक्षा नेपाल ले  कयौ बालबालिकालाई सेल्टर दियर राख्दै आईरहेको छ । विशेष त यौन हिंसामा पीडित भएका चेलीहरुलाई रक्षा नेपाल रक्षा गर्दै सेल्टर दिएर राखेको छ । हाल पूजाको खुलापत्र प्रकासित भएपछि बेलायतस्थित विभिन्न सामाजिक संघ संस्थाले मेनुका थापाले पूजाको न्यायका लागि उठाई रहेको आवाजमा साथ दिंदै सहयोगतिर चासो लिन थालेका छन् ।

नारायण अधिकारी

नारायण अधिकारी

मेनुका थापा

मेनुका थापा

प्रतिक्रिया

सम्बन्धित सामाग्री