आक्रा,घाना। गैर आवासीय नेपाली संघ (एनआरएनए) घानाले वैदेशिक रोजगार विभागले जुनदेखि बिनाकारण श्रम स्वीकृति दिन स्थगित गरेको भन्दै तत्काल सुचारु गर्न माग गरेको छ। एनआरएनए घानाको प्रथम स्थापना दिवसको अबसरमा पराम परामबिचमा आयोजित एक बिशेष कार्यक्रममा अध्यक्ष डा. हरिकृष्ण बाँस्कोटाले घानाको श्रम स्वीकृति तत्काल खोल्नु पर्ने माग गरे। 
‘सरकारले श्रम स्वीकृती रोकिदिँदा घानामा काम गर्न आउने दक्ष नेपालीहरु अप्ठ्यारोमा परेका छन्,’ बास्कोटाले भने ‘घानामा नेपाली दक्ष जनशक्तिको उच्च माग छ।’
घानामा इन्जिनीयर,डाक्टर,सेफ, एकाउनटेन्ट, कृषिवीज्ञ सहित विभिन्न क्षेत्रमा गरी सय भन्दा बढी नेपाली कार्यरत छन्।
घाना अफ्रिकामै श्रमका लागि सुरक्षित, शान्त र राम्रो तलव सुबिधा दिने मुलुकमा पर्ने उनीहरुको दावी छ।
गत अक्टोबरमा एनआरएनको प्रयासमा श्रम विभागले पुरानाहरूको श्रम स्वीकृति नवीकरण गर्न शुरु गरे पनि नयाँलाइ श्रम स्वीकृति दिन अझै सुरु गरेको छैन। विभागले यसमा पररास्ट्र मन्त्रालयले रोकेकोले उसले निर्देशन दिनुपर्ने जनाउँदै आएको छ।
कार्यक्रममा एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक हिक्मत थापाले एनआरएन घानाले आफ्नो स्थापनाको एक वर्ष भित्र उदाहरणीय कार्य गरेको भन्दै प्रसंसा गरे। ‘सुनकोशी बाढीले क्षतिग्रस्त बन साघु मावी, जिरे, सिन्धुपाल्चोक र काठमाडौँस्थित अपाङ्गहरुका लागि संचालित बिशेष स्कुल तथा पुनर्स्थापना केन्द्रलाइ गरेको सहयोग अनुपम हुन्,’ थापाले भने। कार्यक्रममा एनआरएन आइसीसी सदस्य मन थापा, एनआरएनए घानाका उपाध्यक्ष मिन मगर ,कोषाध्यक्ष कपिल खराल,महिला संयोजक प्रियमबदा जोशी,सदस्यहरु गगन थापा, जगन्नाथ पाठक, प्रमोद गौतम लगायतले बोलेका थिए। 
स्थापना दिवसको उक्त भेलाले एनआरएन केन्द्रिय भवनका लागि आर्थिक सहयोग जुटाउने, कर्णाली अञ्चलका दुर्गम जिल्लाहरुका गरिव विद्यार्थीका शिक्षा सहयोगका लागि कोष स्थापना गर्ने, घानामा नेपालको पर्यटन प्रबर्धन गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ।
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने