काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन २ को १४ सदस्यीय टोली अन्तिम सूची जारी गरेको छ। टोलीमा करण केसी मात्रै नयाँ खेलाडी हुन्। नामीवियामा जनवरी १७ देखि २४ सम्म हुने खेलको अन्तिम सूचीमा नपरेका चार खेलाडीलाई रिजर्भ पुलमा राखिएको छ।
करण अल राउन्डर मेहबुब आलमको स्थानमा अन्तिम १४ मा परेका हुन्। करणको पहिलो अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगिता हो। करण बाहेक १३ खेलाडी अक्टोबर २३-३० मा मलेसियामा भएको डिभिजन थ्रीमा सहभागी थिए। क्यानअनुसार टोलीमा कप्तान पारस खड्का, उप कप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, सागर पुन, सोमपाल कामी, सुवास खकुरेल, बिनोद भण्डारी, नरेश बुढायर, शरद भेषवाकर, अमृत भट्टराई, आरिफ शेख करण र भुवन कार्की सदस्य छन्। महबुबसँगै राहुल विश्वकर्मा, रामनरेश गिरी, राजेश पुलामी रिजर्भ प्लेयरका रुपमा रहेका छन्।
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता