लण्डन । मगर सङ्घ युके केन्ट शाखाको अध्यक्षमा उत्तर मगर निर्वाचित भएका छन् ।
शाखाको अाज सम्पन्न अधिवेसनले मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । उनी यसअघि सोही शाखामा उपाध्यक्ष रहेका थिए । शाखाको उपाध्यक्षमा विजय हितान मगर, महासचिवमा लाल थापा, सचिवमा होम रोका र कोषाध्यक्षमा नुनबहादुर आलेमगर निर्वाचित भएका छन् ।
सदस्यहरुमा साँस्कृतिक सेक्रेटरी अोम थापा, सहायक सेक्रेटरीमा अोमकुमारी पुन, मिडिया सेक्रेटरीमा दिल थापा लगायत रहेका छन् ।
शाखाका अध्यक्ष क्याप्टेन पदमलाल आलेको अध्यक्षतामा सम्पन्न पाँचाैं अधिवेसनमा नयाँ कमिटी चयनका लागि क्याप्टेन कमल राना, क्याप्टेन नानीबाबु मगर र भरत थापा रहेको निर्वाचन समिति बनाइएको थियो ।
अधिवेसनले शाखाका सल्लाहकारहरुमा पदमलाल आले, चित्रबहादुर राना, कमल राना, राम पुन, घन थापा, टीका राना, हिक्मत रोका लगायतलाई सल्लाहकारमा चयन गरेको छ ।
महासचिव काशीराम थापामगरले कार्यक्रम सन्चालन गरेका थिए ।
तस्वीरहरु हिक्मतसिंह रोकाबाट
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक