
लण्डन । बेलायतमा रहेका लिम्बुवानका दुई राजनीतिक पार्टीका संस्थाहरुबीच एकता भएको छ ।
लिम्बुवान नागरिक समाज युकेको विशेष पहलमा लण्डनमा भएको बृहत बैठकले संघीय लिम्बुवान राज्य सम्पर्क समिति युके र लिम्बुवान मुक्ति मोर्चा नेपाल प्रवास सम्पर्क समिति युकेबीच एकताको घोषणा गरेको हो ।
एकीकरणपछि नयाँ संस्थाको नाम संघीय लिम्बुवान पार्टी नेपाल, प्रवास समिति युके राखिएको छ ।
नयाँ संस्थाको अध्यक्षमा डम्बर लिवाङ चुनिएका छन् । त्यसैगरी उपाध्यक्षद्वयमा तिल सम्बाहाम्फे र हेम वनेम, महासचिवमा महेश वनेम, सचिवमा कुमारी काम्वाङ लिङदेन, कोषाध्यक्षमा कृष्ण फोम्बो र सहकोषाध्यक्षमा कर्ण पराङदेन रहेका छन् । समितिमा २८ सदस्य चुनिएका छन् ।
नागरिक समाजले बेलायतमा रहेको अर्को लिम्बुवानको राजनैतिक पार्टीको संस्था मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद् प्रवास समिति युकेलाई पनि एकतामा सहभागी हुन अनुरोध गरेको थियो । तर सो समितिले नागरिक समाजलाई पत्र लेखी एकतामा सामेल नहुने जानकारी गराएको थियो ।
एकताले बेलायतका लिम्बुहरुबीच उत्साह फैलाएको छ ।
यसअघि नेपालमा विभाजन भए पनि बेलायतमा एउटै मात्र लिम्बुवानको राजनैतिक संस्था गठन गर्ने प्रयास भएको थियो । त्यसमा सफलता हात नलागेपछि एकताको प्रयास गरिएको थियो तर सो प्रयास पनि मञ्च सम्वद्ध लिम्बुवान राज्य परिषद्कै कारण ढिलाइ भएको बताइएको छ ।
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य