
लण्डन । बेलायतमा रहेका लिम्बुवानका दुई राजनीतिक पार्टीका संस्थाहरुबीच एकता भएको छ ।
लिम्बुवान नागरिक समाज युकेको विशेष पहलमा लण्डनमा भएको बृहत बैठकले संघीय लिम्बुवान राज्य सम्पर्क समिति युके र लिम्बुवान मुक्ति मोर्चा नेपाल प्रवास सम्पर्क समिति युकेबीच एकताको घोषणा गरेको हो ।
एकीकरणपछि नयाँ संस्थाको नाम संघीय लिम्बुवान पार्टी नेपाल, प्रवास समिति युके राखिएको छ ।
नयाँ संस्थाको अध्यक्षमा डम्बर लिवाङ चुनिएका छन् । त्यसैगरी उपाध्यक्षद्वयमा तिल सम्बाहाम्फे र हेम वनेम, महासचिवमा महेश वनेम, सचिवमा कुमारी काम्वाङ लिङदेन, कोषाध्यक्षमा कृष्ण फोम्बो र सहकोषाध्यक्षमा कर्ण पराङदेन रहेका छन् । समितिमा २८ सदस्य चुनिएका छन् ।
नागरिक समाजले बेलायतमा रहेको अर्को लिम्बुवानको राजनैतिक पार्टीको संस्था मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद् प्रवास समिति युकेलाई पनि एकतामा सहभागी हुन अनुरोध गरेको थियो । तर सो समितिले नागरिक समाजलाई पत्र लेखी एकतामा सामेल नहुने जानकारी गराएको थियो ।
एकताले बेलायतका लिम्बुहरुबीच उत्साह फैलाएको छ ।
यसअघि नेपालमा विभाजन भए पनि बेलायतमा एउटै मात्र लिम्बुवानको राजनैतिक संस्था गठन गर्ने प्रयास भएको थियो । त्यसमा सफलता हात नलागेपछि एकताको प्रयास गरिएको थियो तर सो प्रयास पनि मञ्च सम्वद्ध लिम्बुवान राज्य परिषद्कै कारण ढिलाइ भएको बताइएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते