काठमाडौं। फुटको संघारमा पुगेको नेकपा–माओवादीलाई एक बनाइराख्न आइतबारबाट हुने विस्तारित केन्द्रीय कमिटी बैठकमा सचिव नेत्रविक्रम चन्दको समूह पनि सहभागी हुने भएको छ। चन्द र उनी निकट नेताहरुले बहिस्कारको घोषणा गरेपछि शनिबारबाट शुरु हुने भनिएको बैठक आइतबारसम्मका लागि सारिएको थियो।
बैठकमा सचिव चन्द समूहले विशेष महाधिवेशनको प्रस्ताव लैजाने भएको छ । अध्यक्ष मोहन वैद्यसँग सबै विषय बैठकमा छलफल गर्ने सहमति भएपछि चन्द समूहले विशेष महाधिवेशनको प्रस्ताव लैजाने भएको हो ।
‘आइतबार हुने बैठकमा हामी विशेष महाधिवेशनको प्रस्ताव लिएर जान्छौ,’ चन्दनिकट पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्माले भने। आइतबारको बैठकमा सबै विषयमा छलफल हुनेछ । ‘अध्यक्षसँग भएको छलफलमा सबै विषय बैठकमा राख्ने सहमति भएपछि उहाँहरू (चन्द पक्ष) ले सहभागी हुने बताउनुभएको छ,’ नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुसालले भनिन् ।
अध्यक्ष वैद्यसँग शनिबार दिउँसो भएको छलफलमा सचिव चन्दसँगै नेताहरू विश्वकर्मा, ईश्वरी दाहाल र तिलक परियार सहभागी थिए । ‘स्पष्टीकरण फिर्ता लिने कुरा भएको छ,’ विश्वकर्माले भने । अध्यक्ष र महासचिवको निर्देशनलाई अवज्ञा गर्दै गत साता चन्दले आफू निकट नेताहरुको कपिलबस्तुको जंगलमा राष्ट्रिय भेला आयोजना गरेका थिए।
एकीकृत नेकपा माओवादीबाट साढे दुई वर्षअघि विभाजित भएर बनेको नेकपा–माओवादीको विस्तारित बैठकलाई पार्टी पुनः विभाजन हुनबाट रोक्ने अन्तिम प्रयासका रूपमा लिइएको छ ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण