काठमाडौ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनअन्तर्गत सहसचिवस्तरीय प्रोग्रामिङ कमिटीको शनिबार भएको बैठकमा केही केन्द्रको खारेजी र गाभ्ने विषयमा सहमति जुट्न सकेन । 
बैठकमा सार्कका ११ केन्द्रमध्ये ३ वटालाई खारेज गर्ने र चारवटालाई गाभेर एउटै बनाउने प्रस्तावमा सहमति जुट्न नसकेपछि आगामी कमिटीको बैठकमा पुनः छलफल गरी अन्तिम रूप दिनेमा सहमति भएको छ। आइतबार पुन: कमिटीको बैठक बस्ने छ।
बैंठकमा खारेज गर्ने तथा गाभ्ने केन्द्रका कर्मचारी, साधन–स्रोतको के गर्ने, कर्मचारीलाई कसरी अवकास दिने भन्ने फेज आउट प्लानमा साझा सहमति बन्न सकेन । कमिटीमा सार्क सूचना केन्द्र, मानव संसाधन केन्द्र र सार्क अभिलेख केन्द्र खारेज गर्ने प्रस्ताव लगिएको थियो भने वन व्यवस्थापन केन्द्र, विपद् व्यवस्थापन केन्द्र, तटिय क्षेत्र व्यवस्थापन केन्द्र र जलवायु अनुसन्धान केन्द्रलाई गाभेर एउटै केन्द्र बनाउने भन्ने छ । गाभ्ने सुचीमा रहेका वन व्यवस्थापन केन्द्रको कार्यालय भुटानमा, विपद व्यवस्थापन केन्द्रको कार्यालय भारतमा, तटिय क्षेत्र व्यवस्थापन केन्द्रको कार्यालय माल्दिभ्समा र जलवायु अनुसन्धान केन्द्रको कार्यालय बंगलादेशमा छन् ।
बंगलादेशमा कार्यालय रहेको सार्क कृषि केन्द्र, नेपालमा कार्यालय रहेको सार्क क्षयरोग केन्द्र, पाकिस्तानमा कार्यालय रहेको सार्क उर्जा केन्द्र र श्रीलंकामा कार्यालय रहेको सार्क साँस्कृतिक केन्द्रलाई भने जस्ताको तस्तै राखिने भएको छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा