काठमाडौं। जाजरकोटबाट सुर्खेत जाँदै गर्दा बिहीबार बिहान भेरी नदीमा खसेको बसमा हराइरहेका यात्रीको संख्या ५० नाघेको छ। दुर्घटना भएको क्षेत्रमा वेपत्ता भएकाहरुको परिवारका सदस्य तथा आफन्तको भीड लागेको छ।
दुर्घटनाको दोस्रो दिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, गोताखोर र स्थानीय बासिन्दा उद्दार कार्यमा खटिएका छन्। गोताखोरहरुले बस भेरी नदीको २५ मिटर गहिराईमा भेटेको सेनाले जनाएको छ। दुर्घटनाग्रस्त बसभित्र हराइ रहेका सबै छन् वा नदीले बगायो भन्ने यकिन छैन। दुर्घटनाग्रस्त क्षेत्रमा मानिसको ठूलो भीड लागेको छ।
बस दुर्घटना हुनेवित्तिकै १० जना पौडिएर बाँचेका थिए भने ४ जनाको शव फेला परेको थियो। जाजरकोटको भूर गाबिसमा बस ५० मिटर तल नदीमा खसेको थियो। भेरी यातायात व्यवसायी संघको ना ३ ख १४०८ नम्बरको सो बस विपरित दिशाबाट आएको ट्रयाक्टरलाई बाटो छाड्न खोज्दा दुर्घटना भएको थियो। बस जाजरकोटबाट सुर्खेतको रकम जाँदै थियो।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा