काठमाडौं। जाजरकोटबाट सुर्खेत जाँदै गर्दा बिहीबार बिहान भेरी नदीमा खसेको बसमा हराइरहेका यात्रीको संख्या ५० नाघेको छ। दुर्घटना भएको क्षेत्रमा वेपत्ता भएकाहरुको परिवारका सदस्य तथा आफन्तको भीड लागेको छ।
दुर्घटनाको दोस्रो दिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, गोताखोर र स्थानीय बासिन्दा उद्दार कार्यमा खटिएका छन्। गोताखोरहरुले बस भेरी नदीको २५ मिटर गहिराईमा भेटेको सेनाले जनाएको छ। दुर्घटनाग्रस्त बसभित्र हराइ रहेका सबै छन् वा नदीले बगायो भन्ने यकिन छैन। दुर्घटनाग्रस्त क्षेत्रमा मानिसको ठूलो भीड लागेको छ।
बस दुर्घटना हुनेवित्तिकै १० जना पौडिएर बाँचेका थिए भने ४ जनाको शव फेला परेको थियो। जाजरकोटको भूर गाबिसमा बस ५० मिटर तल नदीमा खसेको थियो। भेरी यातायात व्यवसायी संघको ना ३ ख १४०८ नम्बरको सो बस विपरित दिशाबाट आएको ट्रयाक्टरलाई बाटो छाड्न खोज्दा दुर्घटना भएको थियो। बस जाजरकोटबाट सुर्खेतको रकम जाँदै थियो।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो