काठमाडौ – परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द नभएको जनाएको छ।
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र भारतीय राजदूत रञ्जित रेले शुक्रबार सार्क शिखर सम्मेलनमा सहभागी हुन आउने भारतीय प्रधानमन्त्री मोदीले गर्ने भनिएको जनकपुर भ्रमण रद्द भएको औपचारिक जानकारी नभएको बताएका छन् ।
परराष्ट्रमन्त्री पाण्डेले यसबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधि नभै परराष्ट्र मन्त्रालयले हेर्ने बताएका छन् ।
‘विमलेन्द्र निधिले कसरी विज्ञप्ति जारी गर्नु भयो मलाई थाहा छैन । आधिकारिक व्यक्ति उहाँ नभै म हो,’ सार्क तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पाण्डेले भने, ‘मोदी भ्रमण रद्द भएको औपचारिक जानकारी छैन ।’
मोदी भ्रमण तयारीको जिम्मेवारी प्राप्त गरेका मन्त्री बिमलेन्द्र निधिले विज्ञप्ति जारी गर्दै भ्रमण रद्द भएको जानकारी गराएपछि भ्रमणबारे अन्यौल उत्पन्न भएको थियो ।
१८ औं सार्क शिखर सम्मेलनमा सहभागी हुन आउने भारतीय प्रधानमन्त्री मोदीले जनकपुर अतिरिक्त लुम्बिनी र मुक्तिनाथको भ्रमण गर्ने कार्यक्रम छ ।
यसअघि शुक्रबार बिहानै भारतीय राजदूत रञ्जित रेले भ्रमण रद्द भएको औपचारिक जानकारी नभएको जानकारी गराएका थिए ।
‘प्रधानमन्त्री मोदीज्यूको जनकपुर, लुम्बिनी र मुस्ताङ भ्रमण रद्द भएको खबरबारे मलाई कुनै जानकारी छैन,’ राजदूत रेले भने, ‘तत्काल विदेश मन्त्रालयसँग परामर्श गरेर आधिकारिक जानकारी लिएपछिमात्र भ्रमण कार्यतालिका सार्वजनिक गर्नेछौं ।’
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
मनोविद् डा. राईको पाँचौं कृति सार्वजनिक
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]