काठमाडौ – परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द नभएको जनाएको छ।
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र भारतीय राजदूत रञ्जित रेले शुक्रबार सार्क शिखर सम्मेलनमा सहभागी हुन आउने भारतीय प्रधानमन्त्री मोदीले गर्ने भनिएको जनकपुर भ्रमण रद्द भएको औपचारिक जानकारी नभएको बताएका छन् ।
परराष्ट्रमन्त्री पाण्डेले यसबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधि नभै परराष्ट्र मन्त्रालयले हेर्ने बताएका छन् ।
‘विमलेन्द्र निधिले कसरी विज्ञप्ति जारी गर्नु भयो मलाई थाहा छैन । आधिकारिक व्यक्ति उहाँ नभै म हो,’ सार्क तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पाण्डेले भने, ‘मोदी भ्रमण रद्द भएको औपचारिक जानकारी छैन ।’
मोदी भ्रमण तयारीको जिम्मेवारी प्राप्त गरेका मन्त्री बिमलेन्द्र निधिले विज्ञप्ति जारी गर्दै भ्रमण रद्द भएको जानकारी गराएपछि भ्रमणबारे अन्यौल उत्पन्न भएको थियो ।
१८ औं सार्क शिखर सम्मेलनमा सहभागी हुन आउने भारतीय प्रधानमन्त्री मोदीले जनकपुर अतिरिक्त लुम्बिनी र मुक्तिनाथको भ्रमण गर्ने कार्यक्रम छ ।
यसअघि शुक्रबार बिहानै भारतीय राजदूत रञ्जित रेले भ्रमण रद्द भएको औपचारिक जानकारी नभएको जानकारी गराएका थिए ।
‘प्रधानमन्त्री मोदीज्यूको जनकपुर, लुम्बिनी र मुस्ताङ भ्रमण रद्द भएको खबरबारे मलाई कुनै जानकारी छैन,’ राजदूत रेले भने, ‘तत्काल विदेश मन्त्रालयसँग परामर्श गरेर आधिकारिक जानकारी लिएपछिमात्र भ्रमण कार्यतालिका सार्वजनिक गर्नेछौं ।’
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा