काठमाडौं। जाजरकोटबाट सुर्खेततर्फ आउँदै गरेको यात्रुबहाक बस बिहीबार बिहान भेरी नदीमा खसेको छ। ५० जना यात्रु चढेको बस भुर गाबिसमा सडकबाट ५० मिटर तल भेरी नदीमा खसेर दुर्घटना भएको हो। 
हालसम्म चारजनाको शव निकालिएको छ भने १० जनालाई उद्दार गरिएको स्थानीय प्रशासनले जनाएको छ । उद्दार गरिएकाहरुलाई उपचारका लागि सुर्खेत पठाइएको छ। बिहान साढे आठमा दुर्घटनाग्रस्त ना ३ ख १४०८ नम्बरको बस पुरै नदीमा डुबेको छ। स्थानीय बासिन्दा, प्रहरी तथा नेपाली सेना उद्दार कार्यमा खटिएका छन्। दुर्घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी छ । बसका यात्रुलाई बगाएको हुनसक्ने भएकाले खोजीका लागि नदी आसपासको क्षेत्रमा प्रहरी परिचालन गरिएको छ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो